नझरेका फूलहरूले उभ्याए पूर्वका कविहरू

२९ मे, विराटचाेक (माेरङ) । सुन्दरहरैंचामा क्रियाशील साहित्यिक संस्था नझरेका फूलहरूले आयोजना गरेको सृजनात्मक उत्सवको पहिलो दिन भएको काव्य उत्सवमा मोरङ र सुनसरीका विभिन्न कविले आफ्ना कविता सुनाएका छन् ।
बिहीबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि कवि कुन्ता शर्मा थिइन् । शर्माले आफूलाई कण्ठस्थ भएको एउटा कविता सुनाइन् । उनले दिएको साहित्यिक तथा समसामयिक मन्तव्यले उपस्थित सबैको मन जितेको थियो ।
‘केही सुनाैँ, सुनाओैँ केही’ शीर्षकमा भएको कार्यक्रममा साहित्यकार अमृतप्रसाद आचार्य, डा. दीपक न्यौपाने, देवान किराँती, गीताप्रसाद श्रेष्ठ, वासु अधिकारी, हीरा खड्का अधिकारी, इरान राई, मीनकुमार नवोदित श्रेष्ठ, किरण टी लिम्बू, सोम भट्टराई, विनोद विवश, नवीन थापा क्षेत्री, अमित थेबे मिहाङ, रमेश निरौला र पुष्पा बोगटीले आफ्ना रचना वाचन गरेका थिए ।
साहित्यकार रुपक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गरेका थिए । याे समूहले आयोजना गरेको ४७ ओैँ श्रङ्खला हाे ।
शुक्रबार साही स्थानमा दर्जन बढी गजलकारहरूले गजल सुनाउँदै छन् । त्यस्तै, शनिबार वरिष्ठ गीतकार डा.कृष्णहरि बराल, डा. नवराज लम्साल, मनु मञ्जिल लगायत साहित्यकारहरूकाे उपस्थितिमा सम्मान र सिर्जना वाचन कार्यक्रम समेत राखिएको केपी घिमिरेले बताए ।