राजनीतिसमाचार

‘आन्दोलनले काेशी नाम परिवर्तन गर्नेछौं’ – जसपा नेपाल अध्यक्ष यादव

विवादित केबुलकार परियाेजना निर्माण गरे आन्दोलन छेड्ने चेतावनी

४ मे, विजयपुर । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा शनिबार कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

शक्ति र बहुमतको बलमा जबरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोलि त्येहीँ आवाजले विस्फोट हुदा खरानी बनाइदिने चेतावनी समेत दिएका छन् ।

प्रदेशको ‘कोशी’ नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडि बढने अध्यक्ष यादवको दाबी रहेको छ । प्रदेश नामाकरण कुनै खोला,नाला कुल कुलेसोको आधारमा नामाकरण गर्नु नहुने बताए ।

पहिचानबिनाको मानव सभ्यता र समुदाय नहुने तर्क गर्दै नेकपा एमाले र कांग्रेसले पहिचान मेटाउने प्रयास गरेको आरोप समेत लगाएका थिए । अव्यावहारिक र अवैज्ञानिक नामाकरण र सीमाङ्कनलाई पुनःसंरचना आयोगले संरचनाको आधारमा नामकरण र सीमाङ्कन गर्ने दाबी समेत अध्यक्ष यादवले गरेका छन् ।

सभामा उपस्थित नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरू ।

यादवले प्रदेश नामाकरण मात्र होईन सातवटै प्रदेशको सीमाङ्कन समेत गलत भएको जिकिर समेत गरेका छन् ।
यादवले केवलकार निर्माण गरेर मुक्कुमलुङ/सेमुक्तुगाेककाे पहिचान मेटाउनु हुँदैन भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै केबुलकार निर्माण गरे आन्दोलनको विगुल जसपाबाट अझै सशक्त्त हुने चेतावनी समेत दिएका छन् ।

कोशी नाम र केबुलकार खारेज तथा पहिचान कार्यदिशा विषयक विचार गोष्ठीले पहिचान प्रतिनिधित्व र सामाजिक न्यायको आन्दोलनको बल दिदै बाटो दर्शाउने यादवको भनाई रहेको छ ।

गोष्ठीका अर्का व्यक्ता खगेन्द्र संग्रौलाले प्रदेश पुन नामाकरण गर्न बहुमत हुनु पर्ने बताए । संग्रौलाले कोशी नामाकरण खारेजी गर्न कि ठुलै मानव सागरको आन्दोलन भए मात्र कोशी नामाकरण खारेज हुने नत्र २०८४ मा पार्टीले बहुमत ल्याएमात्र सम्भव हुने स्पष्ट पारेका थिए ।

पूर्वशान्तिमन्त्री एवम् पार्टी सहअध्यक्ष रकम चेम्जोङ ।

त्यस्तै, पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री एवम् पार्टीका सहअध्यक्ष रकम चेम्जोङले एक नम्बर प्रदेश पुनः नामाङ्कन नभएसम्म आन्दोलन जारी रहने बताए ।

सभामा नेपाल जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वा, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका अध्यक्ष श्री लिङ्खिम लगायतका नेता, अभियन्ताहरूकाे उपस्थिति रहेको थियोे ।

साे अवसरमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित विभिन्न क्याम्पसका विद्यार्थी नेताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सञ्चालन जसपा नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले गरेका थिए ।

Related Articles

Back to top button