आस्फोर्ड केन्टमा सामुहिक माङगेन्न सम्पन्न

सिक्कुम फुरुम्बो ‘चरपे’
युके, ३० मार्च २०२५ का दिन किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रि्य समिति युकेको आयोजनामा बेलायतको आसफोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मलवम्बीहरुको सामुहिक आप्लुङगेन्न चोमेन माङगेन्ना सेवा सम्पन्न भएको छ ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रममा विशेष अथितिहरुमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जाेङ,सचिव पर्वत राई,प्रमुख माङसेवा साबा,सल्लाहकार मंगल सिं लिङदेन र सल्लाहकार विश्वासदिप तिगेलाहरुको उपस्थिति रहेको थियो ।
किरात धर्मलवम्बीहरुको बाक्लो उपस्थितिमा संचालन भएकाे उक्त माङगेन्ना कार्यक्रम प्रमुख माङसेवा साबा मंगल सिं लिङदेनले किरात साम्जिक मुन्धुम वाचन गरि भक्तजहरुको माङगेन्ना सेवा उठाएका थिए । भने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष निर्मल पतङवाको सभापतित्वमा रहेको थियो, कार्यक्रम सह-सचिव निराज माबाेहाङले संचालन गरेका थिए ।
हरेक बर्ष बेलायतको विभिन्न स्थानमा बसाेबास गर्दै आएका किरात धर्मलवम्बीहरुको सामुहिक आप्लुङगेन्न ताङसेप चाेमेन माङगेन्ना सेवा किरात साम्जिक मुन्धुम,संस्कार अनुसार हुने गरेको छ ।
विशेष गरि किरातीहरुले परम्परा देखि माैलिक रुपमा गर्दै आएका धार्मिक कर्म, संस्कार मध्ये माङगेन्ना एक महत्पुर्ण कर्म संस्कार हो । माङगेन्ना भनेकाे शिर हो । शिरलाई सधै उच्च पवित्र राख्न माङसेवा साबाहरुद्वारा साम्जीक मुन्धुम वचन गरेर माङगेन्ना उठाउने गरिन्छ । यदि माङगेन्न ढल्याे भने माङगेन्ना चाेत्लुङको फुल ओईलियाे भने कहिले हाकेकाे, ताकेकाे, साेचेकाे केही नपुग्ने र चाेट, पटक लाग्ने, आखिडाही लाग्ने, मानिस बिराम हुने साथ मृत्य सम्म हुने परम्परा देखि जनविश्वस रहि आएकाे छ ।
धार्मिक जनविश्वस र साम्जिक मुन्धुम अनुसार आत्मा रक्षाका लागि ६/६ महिनामा अथवा बर्षकाे २ पटक माङगेन्ना गर्नुपर्ने हुन्छ । यसरी माङगेन्ना गर्नाले आत्मा रक्षा हुनका साथै जीवनमा सुख शान्ति हुने मुल्यमान्यता भएकाेले हरेक बर्ष माङगेन्न गरिने गरिन्छ ।