युके विशेष

जसपा युकेले मनायो १० औं स्थापना दिवस

लण्डन, गत १४ जनवरी २०२३ का दिन जनता समाजवादी पार्टीको प्रवास अंग नेपाली समाज युकेले आफ्नो १० औ स्थापना दिवस मनाएको छ ।

युकेको रिडिंग स्थित आयोजित बैँठकमा नेपाली समाज स्थापना भएको १०औ बर्षगाँठको केक काटेर मनाएका हुन । सो बैठकले प्रवास विशेष प्रदेश समितिले युकेको निमित्त तोकेको ईन्चार्ज धर्म बहादुर तामांगलाई अनुमोदन गर्दै स्वागत गरयो । त्यस्तैगरि गत निर्वाचनको समिक्षा र पार्टीको हुन लागेको विधान सभामा सुझाबको रूपमा पठाउने विषयहरूमा समेत छलफल भयो, पार्टी सदस्यहरूको तथ्यांग ३ महिना भित्र गर्ने र गत पृथ्वी जयन्तिको दिन नेता आंगकाजी शेर्पा लगायतलाई गरेको पक्राउको भत्सर्ना गर्दै विज्ञप्ति जारी गरयो ।

बैठक नेपाली समाज युकेका अध्यक्ष कमल थुलुंगको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button