समाचार

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु

काठमाडौँ, २५ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् ।

यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button