युके विशेष

कक्फेवा तङनामको अवसरमा साक्थिम्गेन्न कलाकारहरुको भेटघाट

ज्ञानु फुरुम्बो ‘चरपे’

गत २० जनवारी २०२४ का दिन किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो समिति युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनाम अवसरमा साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

किरातहरुको महान चाड कक्फेवा तङना पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन्न परिवारहरुको भेटघाटका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

सगरमाथा गोर्खा नेपलीज कम्युनिटी हलमा भएको कार्यक्रममा युकेका विभिन्न स्थानबाट किरात साम्यो साक्थिङगेन्न पान्जुभो समितिका कलाकार, अभिवाक लगायत शुभचिन्तक महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बिशेष गरि किरातीहरुको कक्फेवा तङनाम पर्वको अवसर पारेर लामो समय देखि योगदान दिदै आएका कलाकार र अभिभवक भेटघाट साथै सम्मानका लागि यो कार्यक्रम आयोजना गरिएको हो कार्यक्रम प्रमुख अथितिले मौलिक बाजा च्याब्रङ बजाएर उदघाटन गरेका थिए भने किरात साम्यो साक्थिङगेन्न पान्जुम्भोका उपाध्यक्ष पर्वत राईले स्वागत मन्तब्य राखेका थिए ।

किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भोमा आबद्व रहेर काम गर्ने कलाकार भाइ बहिनीहरुलाई प्रमुख अथितिको हस्तवाहुलीवाट खदा लगाएर सम्मान गरिएको थियो कलाकार प्रिया खिम्दिङ, पर्वत राई, हेमा लिम्बू, हाङसाङ पतङवा, उतर पतङवा, सिङलाहाङ पतङवा, इक्सा पतङवा, मुक्कुम खजुम, अनिता लिङदेन, बिक्रम ओख्रबु, श्रीजु राई, निराज माबोहाङ, मनि चोङवाङ, रोशन राई, हरी बोखिम, डा.रोशना थेबे, ऋआवाजोङ र मनकुमारी कन्दङवा, पाहिम लगायत साक्थिम्गेन पान्जुम्भोका कलाकारहरुलाई सम्मान गरिएको हो ।

दिउसो दुई बजे देखि संचालन भएको कार्यक्रममा किराती लिम्बुहरुको मौलिक नाच, माङलाङ, केलाङ, पालाम, हाक्पारे प्रस्तुतीका साथै तरुल, भ्यागुरु,रोटी,तुलफुल खाएर कार्यक्रम गरिएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तिल बिक्रम लावतीको प्रमुख आथित्य तथा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तथा किरात साम्यो साक्थिङगेन्न पान्जुम्भोका सल्लाहकार राजेन्द्र खिम्दिङ र किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सह कोषाध्यक्ष तथा किरात साम्यो साक्थिङगेन्न पान्जुम्भोका सल्लाहकार केवाहाङ चोम्जोङहरुको विशेष आतिथ्य साथै अतिथि नेपाली लोक गायक धन वीर साबाँहरुको उपस्थिति रहेको थियो ।

शुभकामना राख्ने क्रममा कक्फेवा तङनाम पर्वको बिषेता र साक्थिङगेन्न कलाकारहरुलाई भावि दिनहरुमा कसरी सकृय गर्दै लैजाने हाम्रो मौलिक कला, सास्कृति, धर्म, भाषा, लिपीलाई आउदो पिडीमा कसरी बुझाउदै लैजाने यसका लागि किरात साक्थिङगेन्न कलाकार समितिको महत्वपुर्ण भुमिका रहने छ र यसमा आबश्यक सहयोग साथका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युके सहयोग गर्न जुनसुकै परिस्थितिमा पनि तत्पर रहेको विशेष अथितिद्वय राजेन्द्र खिम्दिङ र केवाहाङ चेम्जोङहरुले शुभकामना मन्तब्यमा राख्नु थिएको थियो भने कक्कफेवा तङनाम किरातीहरुको विशेष पर्व हुनका साथै मौलिकता बोकेको पर्व हो यसरी आफ्ना मौलिक पर्व स्मरण गर्दै यो अवसरमा साक्थिङगेन्न समितिले कलाकार भेटघाट साथै शुभकामना आदाप्रदान गर्ने कार्यक्रम राख्नु भएकोमा खुसि लागेको छ र यश किरात साम्यो साक्थिङगेन्न कलाकार पान्जुम्भो युकेलाई किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको प्रतिनिधीको हैसियतले नोगेन धन्यवाद दिन चाहान्छु र आगामी दिनहरुमा के सहयोग गर्नु पर्छ संस्थाले सधै मध्य नजर राख्दै सहयोग साथ दिने प्रतिबद्वता ब्यक्त गर्दै कार्यक्रमका प्रमुखले आफ्ना शुभकामना मन्तब्य राखेका थियो ।

कार्यक्रम किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भोका अध्यक्ष निर्मल पतङवाको संयोजकमा सम्पन्न भएको थियो भने ज्ञानु फुरुम्बो चरपेले कार्यक्रम संचालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button