समाचार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, फागुन ८। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले पर्सी फागुन १० गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशन, केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button