युके विशेष

युकेमा मौलिक झाँकी सहित ४२औं मगर एकता दिवस भब्यताका साथ सम्पन्न (भिडियो सहित)

फेब्रुअरी २४ सन् २०२४ शनिबारको दिन लन्डनको अल्डर्शटमा बेलायतमा छरिएर रहेका मगरहरु एकापसमा एकत्रित भइ ४२औं मगर एकता दिवस धुमधामले मनाए ।

विक्रम सम्बत २०३९ फागुन १४, १५ र १६ गते तनहुँको दमौलीमा तानाशाही पन्चायती ब्यबस्थाको प्रहरी घेराबन्दी बिचमा नै हजारौं मगर समुदायको उपस्थितिमा नेपाल लाङ्घाली परिवार संघको एतिहासिक प्रथम अधिबेशन सम्पन्न भएको थियो । प्रथम अधिबेशनले अध्यक्षमा हेम बहादुर पुन र महासचिव सुरेश आले मगर लगायतका कार्य समिति चयन भएका थिए । त्यसैले फागुन १५ गतेलाइ संघको स्थापना दिवस (मगर एकता) को रुपमा मनाउदै आइरहेको छ। संगठनलाई फराकिलो, बैज्ञानिक ब्यबहारिक र विकसित गर्न २०४८ को चौथो अधिबेशनमा नेपाल लाङ्घाली परिवारबाट नेपाल मगर संघ नाममा रुपान्तरण गरिएको थियो।

मगर संघ बेलायतले पनि हरेक वर्ष सबै मगर संघका शाखाहरु, विभिन्न संघ सस्था स्थानीय समुदाय गरि बृहत रुपमा मनाउने क्रममा २०२४ को मगर एकता दिवस दिप प्रज्वनल, राष्ट्रिय गान र मगर गीत सङैबाट शुभारम्भ गरेको थियो ।

सस्थाका अध्यक्ष सीता पुन, प्रमुख अतिथि बेलायतका नेपाली राजदुतावासबाट उपनियोग प्रमुख रोशन खनाल, २०२० मा बिबिसी ले छनोट गरेको १०० प्रभावशाली प्रेरणादायी महिलामा परेकी सपना रोका मगर, गोर्खा वुमन एन इको इन द स्टोरी का सुजाना थापा श्रीस, गैर आवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर, बेल्जियम मगर संघका अध्यक्ष लोक राना, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्ष विरवहन घर्तिमगर, नेपाल आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष कर्म पहाडी शेर्पा लगायत विभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधि, नेपालबाट आउनु भएको कलाकार मुना राना मगर, स्थानिय काउन्सिलर, सस्थाका सबै सदस्यहरुको उपस्थिति रहेको थियो भने उनीहरुले आआफ्नो शुभकामना मन्तब्य राखेका थिए।

आफ्नो कला, सँस्कार,सँस्कृति भाषा भेषभुषा जोगाइ राख्न, प्रबर्द्धन गर्न युगौयुग सम्म कायम राख्न पुर्व देखि पश्चिम सम्मका मगर युवाहरु सहित मगर संघ युकेको सबैभन्दा टाढाका क्यट्रिक र वेल्स गरि १२ शाखाहरु, बुद्धिस्ट कमिटी, मगर महिला संघ, पुन समाज युके, पुन मगर समाज युके लगायतका विभिन्न भातृ सस्थाबाट घाटु, सोरठी, हुर्रा, कौडा, सालैजो ठाडो भाका झ्याउरे लगायतका आआफ्नो झाँकी प्रदर्शन गरिएको थियो।

कार्यक्रममा युवतीहरु मगर दिवस स्थापना, सस्थापक हेम बहादुर पुन, प्रथम सहिद क्याप्टेन लखन थापा, गोरे बहादुर खपाङ्गी मगर, बम कुमारी बुढा मगरको सस्था प्रतिको योगदान साथै मगर ढुटमा मगर एकता दिवसको बारेमा चर्चा गर्नुको साथै मगर गर गहना, भेषभुषाक‍ो बारेमा मगर ढुटमा चिनारी दिएका थिए । युवाती(युवा युवती) हरुको फेसन शो भेषभुषा प्रदर्शनले सबैको मन जित्न सफल भएका थिए।

मगर महिला संघका दिदिबहिनीहरुले राफल ड्रको जिम्मा, सम्पुर्ण प्रायोजकलाई धन्यवाद दिदै सन्चालन गरेका थिए । कार्यक्रमको सम्योजक सस्थाका उपाध्यक्ष रुद्र थापा, सास्कृतिक सचिब सरु राना गुरुङ थिए भने कार्यक्रम महासचिव गुमानसिं थापा र गोमान पुन मगरबाट संचालन गरिएको कार्यक्रममा नेपालका मगरहरुको सस्कार सस्कृतिको पूरा झलक सहित सम्पन्न भएको थियो।

अन्त्यमा मुना मगरले गीत गाएर सोल्टि, भिनाजु र दिदी बहिनीहलाई भरपुर नचाएकी थिईन ।

– गोमा राना

भिडियो:
Video Part 1,
https://www.facebook.com/1542745297/videos/951429053081373?idorvanity=381667770007438

Video Part 2,
https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=3779098022379163

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button