समाचार

आख्यानकार काबिमाेकाे ‘उरमाल’ काे कभर सार्वजनिक हुँदै

२० डिसेम्बर, सिलगढी । पाँच वर्षअघिको चर्चित उपन्यास ‘फातसुङ’का लेखक छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’काे कभर भारत र नेपाल दुवै ठाउँमा सार्वजनिक हुने भएको छ ।

मार्चकाे पहिलो सातातिर बजार आउने लेखक काविमोले बताए । ‘उरमाल’को अर्थ चाहिँ चिया टिप्ने झोली हो । यस पटक ‘उरमाल’मा चिया बगानको कथा टिपेको काविमो बताउँछन् । उनी भन्छन्, ‘संसारका अधिकांश मानिसहरूले जुन चिया पिएर दिनको सुरुवात गर्छन्, उरमाल त्यही चिया उमार्नेहरूको कथा हो ।’

यसअघि काविमोले भारतीय नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलनको पेरिफेरिमा ‘फातसुङ’ लेखेका थिए ।

उक्त उपन्यासलाई पाठकहरूले अत्यधिक रुचाएका थिए भने अंग्रेजी, बंगाली, हिन्दी र सिन्धी भाषामा पुस्तकको अनुवाद भइसकेको छ । साथै भारतीय लेखकहरूलाई दिइने प्रतिष्ठित अवार्ड ‘जेसिबी प्राइस इन लिट्रेचर’मा समेत सर्टलिस्टमा परेको थियो ।

Related Articles

Back to top button