खेलकुद

पोर्चुगलको अल्ट्रा मदिरा दौडमा खेवाले नेपालको नाम राखे

पोर्चुगल,
गत ५ अक्टोबर २०२४ का दिन देबेन्द्र बहादुर “डेबिड खेवा लिम्बु”ले पोर्चुगलको अल्ट्रा मदिरा दौडमा नेपालको नाम राखेका छन । ८३ किलो मिटर लामो दुरीको अन्तरराष्ट्रिय दौडमा १० घण्टा २९ मिनेटमा पूरा गरि तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन भने भ्याटरन तर्फ प्रथम भएका हुन ।

धावक खेवा काठमाडौ दशरथ रंगशाला देखि दौडिएरै धनकुटाको टुडिखेल पुगी रेकर्ड राखेका ब्यक्ति हुन । केही बर्ष शसस्त्रमा सेवा गरेका खेवा केही बर्ष बाहिर मुलुकमा रहदा पनि दौडमा सधै तल्लिन रहे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडमा भागलिई अनेक पुरस्कारहरू हात पारेका छन ।

छथर जोरपाटी १, हात्तिखर्क धनकुटाको खेवा फ्रेन्च लिजन आर्मि हुने सपना बोकेर यूरोप पुगेका खेवा अहिले पोर्चुगलमा रहेका छन । उनी अर्को अझ लामो दुरीको म्याराथन दौडको तयारीमा जुटेका छन । धावक खेवालाई देशको नाम उच्च राख्न शुभ कामना छ ।

Related Articles

Back to top button