जसपाको ३ जनवर्गिय प्रदेश स्तरिय संगठन रूपान्तर तथा पूर्नगठन सम्पन्न
काठमाडौ,
२५ भाद्र २०८१ । जनता समाजवादी पार्टी निकट जनवर्गीय संगठन समाजवादी महिला संघ, समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ १ नम्बर प्रदेश समितिको रूपान्तरण तथा पुनर्गठन कार्यक्रम पार्टीका संघीय परिषद अध्यक्ष श्री राजेन्द्र प्रसाद श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
पार्टीका केन्द्रिय अध्यक्ष माननीय श्री अशोक कुमार राईज्यु बिशेष अतिथि रहनु भएको उक्त कार्यक्रम इटहरीमा भब्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमले महिला संघमा योषा गुरागाईं (यमुना), युवा संघमा निशान किराती र विद्यार्थी युनियनमा चन्द्र किरातीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
अन्य पदाधिारीहरूमा समाजवादी महिला संघ उपाध्यक्षमा सल्मा खातुन, गोमा राई, सचिवमा कमला सुब्बा, सहसचिवमा संगिता राई र लीला राई, कोषाध्यक्षमा बिनिता राजवंशी चयन भएका छन् भने सदस्यहरूमा मञ्जु राई (भोजपुर), मञ्जु देवी शर्मा (मोरङ), सजना शेलिङ (पाँचथर), तारा इजम (पाँचथर), रेणुका राई (खोटाङ),वाङजी शेर्पा (सोलुखुम्बु), निकम पौडेल (सङ्खुवासभा), बिनु लिम्बु (इलाम), विमला लिम्बु (धनकुटा), चन्द्र कला राई (उदयपुर), कविता राई (उदयपुर), कमला राई (मोरङ),सिता थुलुङ राई (सुनसरी), दुर्गा गुरुङ (सुनसरी), लक्ष्मी राई (खोटाङ) मनमाया मगर (उदयपुर) र गिता गिरी (उदयपुर) समितिमा चयन भएका छन् ।
त्यसैगरी समाजवादी विद्यार्थी युनियनमा उपाध्यक्ष मदन राई, आरती राई, सुमीत थुलुङ, सुधन राई, नविन तामाङ मुख्य सचिव युवराज राई (अलौिकक),सचिव अर्जुन राई, निबाता राई, रोशन श्रेष्ठ, सञ्जिव राई, अभिना राई, आङदावा शेर्पा कोषाध्यक्षमा लक्ष्मण लिम्बु चयन भएकाछन भने सदस्यहरूमा नविन चाम्लिङ (सुनसरी), गोपाल हाङखिम (सुनसरी), दिपेश इसार (सुनसरी),परम कुलुङ (सोलुखुम्बु),मिलन न्याउपाने (भोजपुर), मनिता लिम्बु (इलाम), रोयल राई (खोटाङ) रेविका लिम्बु (सुनसरी), दिनेश तामाङ (सुनसरी), विजय राई (सुनसरी), अधिक राई (भोजपुर), तायावुङ राई (भोजपुर), सर्मिला राई (भोजपुर),दिवराज राई (भोजपुर), गणेश राई(भोजपुर), देवी लिम्बु(तेह्रथुम), शंकर शाह(सुनसरी),रूपक राई (खोटाङ),गणेश भुजेल (उदयपुर),सेमी लिम्बु(ताप्लेजुङ),सोनाम तामाङ (मोरङ),अयप राई (झापा),सदिक्षा लिम्बु(झापा),फपिश्वर लिम्बु (सङ्खुवासभा) जुनु (भावना) राई (भोजपुर),निश्चल राई (सुनसरी), सौगात नेपाल (मोरङ),सन्जु इङनाम (इलाम) चयन भएका छन् ।
समाजवादी युवा संघतर्फ उपाध्यक्षमा सुरेन्द्र राई, महमद जाबीर, मणि कुमार राई मुख्य सचिवमा अमिर मगर सचिवमा भुवान राई, रणजित राई कोषाध्यक्षमा रन्जू सुब्बा सदस्यहरूमा सन्तोष तामाङ (मोरङ), धन कुमार राई (उदयपुर), धीरज राई (भोजपुर), शुक्र राई (भोजपुर),अन्जल राई (उदयपुर) सुमन राई (झापा), सपना लिम्बु (ताप्लेजुङ), निश्चल राई (उदयपुर),यम लिम्बु (धनकुटा),हर्क खडका (सुनसरी), जुनु राई (सुनसरी),सोनेलाल महतो (मोरङ), विरेन लावती (इलाम), सुवास ओख्रावो लिम्बु (इलाम),राज लिम्बु सेन्छे (इलाम), ससी राई (मोरङ), प्रभुराम राई (सङ्खुवासभा), प्रकाश राई (मोरङ) सर्वसम्मत रूपमा चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले उपेन्द्र यादवको पार्टी चलाउने शैलीतर्फ अंकित गर्दै ‘अधिकारको भोकले नेताहहरूलाई अन्धो बनाउँछ’ भन्नु भयो । उहाँले संघीय ढाँचाको पार्टीको मिसन र भिजन नभएको नेतृत्वले कुरा संघीय ढाँचाको पार्टीको गर्ने काम एकात्मक पार्टीमा जस्तो केन्द्रिकृत गर्ने, कुरा विधिको शासनको गर्ने कार्यक्षेत्रमा विधान कार्यान्वयन नगर्ने, र कुरा समाज परिवर्तनको गर्ने व्यवहार आफै परिवर्तित नहुने र पुँजीवादीहरूले जस्तै व्यक्तिको पूजा गर्ने गराउने गरेको बताउनु भयो । यी कस्ता समाजवादी ? अब कार्यकर्ताहरूले नै सही र गलत छुट्याउनुपर्ने र नेतृत्वको मुल्यांकन गर्नुपर्ने समय आएको बताउनु भयो ।
त्यसरी नै विशेष अतिथि जसपा केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री माननीय अशोक कुमार राईले पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि १ नं प्रदेश उर्वर रहेको बताउनु हुँदै महिला, युवा र विद्यार्थीरूले त्यस आन्दोलनलाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा जसपा केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, माननीय शुसिला श्रेष्ठ, पूर्वमन्त्री माननीय निर्मला तावा लिम्बु आदिले पनि शुभकामना मन्त्व्य राखेका थिए । राजनीतिक समिति सदस्यहरू रामचन्द्र लिम्बू, आङकाजी शेर्पा, प्रेम थापा, भीम राई, रमेश राई, सन बहादुर राई, प्रदेश नं १ का जसपा प्रदेश नं १ का सचिव दुर्गा सुवेदी, समाजवादी विद्यार्थी युनियन केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङ लगायत नेताहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा महिला, युवा र विद्यार्थीको नयाँ नेतृत्वले आाफ्नो प्रतिबद्धता मन्तव्य राखेका थिए ।