समाचार

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारद्वारा पत्रकार गौतम सम्मानित

वीरगञ्ज (पर्सा), ११ चैतः सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि २५ हजार सहित सम्मानपत्र रहेको छ ।

उहाँ राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत हुनुहुन्थ्यो ।


नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नव निर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पण गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ हुनुभएकाले उहाँकै घरमा पुगेर सम्मान गरिएको जानकारी दिनुभयो ।

Related Articles

Back to top button