समाचार

प्रवीण राईको मेडिटेसनलाई शशीप्रभा स्मृति पुरस्कार

५ सेप्टेम्बर, सिलिगुड़ी । सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशीप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । जुमेलीकाे कविता संग्रह मेडिटेसनः पीड़ा र प्रस्थान का लागि पुरस्कार दिइन लागेकाे हाे ।

कृतिमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानवीय संवेदना रहेको भन्दै शीर्ष निर्णायक मण्डलले यस वर्षको शशीप्रभा स्मृति पुरस्कार दिने निधो गरेको हो । हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ । साहित्यिक पुरस्कार ‘लबीमुक्त’ हुनुपर्ने र पारदर्शीतापूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोड दिँइदै सुरू गरिएको उक्त पुरस्कारको निम्ति हरेक साल शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ । पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठकमैत्री हुनुपर्ने कुरामा जोड दिँदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरू गरेको हो । जसको निम्ति यसपटक लेखक संगीत नेम्वाङको अगुवाईमा रहेको टोलीले टपटेन पुस्तक छनौट गरेको थियो भने जसमध्ये मेडिटेसनः पीड़ा र प्रस्थानलाई शीर्ष ज्युरी क्रमैले लेखक विन्द्या सुब्बा, कवि/ समालोचक सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकका रूपमा छनौट गरेको छ । जसको घोषणा बिहीबार सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाड़ा, मोहन ठकुरी, भविलाल लामिछाने, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका  छन् ।

पुरस्कार घाेषणा कार्यक्रममा ।

आख्यानकार विजय बान्तवा कैलाशीले आफ्नी दिवङ्गत घर्मपत्नी शशीप्रभा राईको स्मृतिमा सुरू गरेको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँ राशीसहित प्रशस्ति पत्र प्रदान गरिने गरेको छ ।

Related Articles

Back to top button