समाचार

नेपाल सरकारले नै सम्झौता गरि बृटिस सेनामा पठाएको कारण गोर्खालाई दोहोरो नागरिकता हुनुपर्ने माग

आसफोर्ड, गत १० अगष्ट २०२४ का दिन बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता समिति युकेका अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा लण्डन नजिक आसफोर्ड टाउनमा सो अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक तथा उपाध्यक्ष शोवराज गुरुङले उपस्थित सबैलाई स्वागत गरेका थिए भने सगरमाथा नेपलिज कम्युनिटीका अध्यक्ष डम्बर सिंगक र अध्यक्ष रानाबाट दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ भएको थियो ।

नेपालमा संविधानको शसोधनको चर्चा भईरहेको बखत नेपाल सरकारले बृट्रिस सरकारसँग सम्झौता गरि राज्यकै निर्देशनमा नेपाली युवालाई बृट्रिस सेनामा भर्ति पठाएको कारण उनीहरुलाई दोहोर नागरिकता वा नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने जिकिर वक्ताहरुले गरेका थिए । वक्ताहरुमा अध्यक्ष स्वय, कृष्ण थुलुङ लगायत थिए ।

सहभागीहरुले प्रश्नोत्तरमा सहभागी जनाएका थिए । कार्यक्रमलाई महासचिव भक्त रानाले संचालन गरेका थिए ।

Related Articles

Back to top button