आदिवासी

लिम्बू भाषाको संरक्षणकर्ता तथा प्रचारक त्येअङसि सिरिजङगाको १२१ ओै जन्मजयन्ती मनाईयो

Workflow: {}

ज्ञानु फुरुम्बो ‘चरपे’

युके, गत ५ डिसेम्बर २०२५ शनिवारका दिन किरात याक्थुङ चुम्लुङ युकेको युवा समिति वेन्सा चुम्भो युकेको आयोजनामा भर्चुअल जुमद्वारा सिरिजङगा सिंथेबेको १२१ओैं जन्मजयन्ती कार्यक्रम संचालन गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष सानू सुब्बाको प्रमुख आतिथ्य साथै किरात याक्थुङ चुम्लुङ संघिय कोषाध्यक्ष तथा उप(प्राध्यापक प्रा.अमर तुम्याहाङ र सिक्किमका लिम्बू भाषा, पाठयक्रम अधिकृत, सिक्किम सरकार शिक्षा विभाग तथा याक्थुङ, साप्सोक चुम्भो सुक्खि अध्यक्ष राजु (सुब्बा) लिम्बूद्वारा महान सहिद सिरिजङगा सिंथेबेको योगदानको बारेमा बिषेश प्रस्तुती राखिएको हो । उक्त प्रस्तुती माथी टिप्पणी भिमा खजुम मुसुम र भाषा,साहित्य तथा मुक्कुमलुङ ताङसेप अभियन्ता ज्ञानु फुरुम्बो चरपे रहेका थिए ।

वक्ताद्धयद्वारा सिरिजङगा सिंथेबेले गर्नु भएको कार्य र योगदानको बिषयमा अति महत्वका साथ चर्चा परिचर्चा गरिएको थियो भने कार्यक्रममा सहभागिहरुले सिरिजङगाको बारेमा आफ्ना जिज्ञासा समेत राखेका थिए ।
सिरिजङगा सिंथेबे एक आध्यात्मिक महान युग पुरुष थिए सानै उमेर देखि युमा माङको सेवा भक्ति गर्ने साथै एक योद्वा थिए। याक्थुङ लिम्बू जातीको सिंथेबे थरिमा १७ ओैं शताब्दिमा सिरिजङगा गाउपालिका ४ वडा तेल्लोकमा जन्मेका थिए । उहाँ भाषा, लिपी संरक्षण गर्ने क्रममा सिक्किमका तिब्बती भोटीया लामाद्धारा पश्चिम सिक्किमको मार्ताम भने गाउँमा रुखमा बाधेर धनुकाडँले हानेर उनको हत्या गरिएको थियो । उनै महान सहिद योद्वालाई स्मरण गर्दै हरेक बर्ष सिरिजङगा सिंथेबे जन्मजयन्ती मान्ने गरिएको हो ।

किरात याक्थुङ वेन्सा चुम्भो युकेले बिगत बर्ष देखि नै विभिन्न तवरले सिरिजङगा सिंथेबे जन्मजयन्ती मान्दै आएका छन तर यस पटकको विशेष तरिकाले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता किरात याक्थुङ वेन्सा चुम्भो युकेका अध्यक्ष हाङमा लावतीले गर्नु भएको थियो भने कार्यक्रम संचालन भाषा, साहित्य बिभागका सचिव टेक माबोहाङ (निराज)ले गर्नु भएको थियो ।

यस किरात याक्थुङ वेन्सा चुम्भो युकेले यसरी नै बिगत बर्ष देखि याक्थुङ, लिम्बू समुदायसंग जोडिएको महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । भाषा, लिपि, साहित्य, संस्कार, सांस्कृतिक, ईतिहास, चार्ड,पर्व, जस्ता कार्यमा निरन्तर प्रचार, प्रसार साथै उत्थानमा जोड दिदै आएको छ भने चुम्भोले आउने नयाँ पिढी वा पुस्तालाई कसरी आफ्ना भाषा, लिपि, सांस्कृतिक, तिर डोर्याउन सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Related Articles

Back to top button