समाचार

पाँचथर समाज सेवा यूके अध्यक्षमा शान्ति लिम्बु

७ अक्टोबर, अल्डरसट । पाँचथर समाज सेवा यूकेकाे अध्यक्षमा शान्ति खिम्दिङ लिम्बु निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजकाे आठौं महाधिवेशनले लिम्बुलाई दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हाे ।

अल्डरसटकाे ठमेल रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न संस्थाको आठौं महाअधिवेशनले लिम्बुकाे अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा नगेन्द्र राज नेम्बाङ, उपाध्यक्षहरूमा हाङपाल माखिम, नन्दा सुन्दास, सुरेश थाम्सुहाङ, मित्र राई, महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा नरेन्द्र तुम्बापो, सह-सचिवहरूमा सन्देश लिम्बु र होमित योङहाङ, कोषाध्यक्षमा शिखर सम्बाहाङ्फे, सह-कोषाध्यक्षहरूमा साम्सोगेन नेम्बाङ र अर्जुन कुमार सेलिङ छन् । त्यस्तै, सदस्यहरूमा सूर्य केरुङ, धन कुमार लिम्बु, तारा लक्सम, योगेन्द्र तावा, तेज लाओती, दीपा योङ्या लिम्बु, प्रताप तामाङ, देउमान लाओती, केशव महरा, गंगा राई, रश्मी लिम्बु र सोनाम शेर्पा छन् ।

निवर्तमान अध्यक्ष कैलाश काम्बाङकाे अध्यक्षतामा भएको महाधिवेशनकाे निर्वाचन आयुक्तमा नरवीर आङ्वाे, सचिवमा नरप्रसाद थाम्सुहाङ ‘बी’ र सदस्यमा रकम बेघा लिम्बु रहेका थिए । पाँचथर समाज सेेवा यूकेकाे स्थापना सन् २००६ मा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button