समाचार

योगले स्वस्थ र अनुशासित बनाउँछ : प्रदेश प्रमुख खापुङ

मोरङ, ५ असार : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समाजका सबै नागरिकले स्वस्थ एवं अनुशासित हुन योगाभ्यास दैनिक गर्नुपर्ने बताउनुभएको छ ।

इशा फाउण्डेशन आनन्दकुटी आश्रम कमल गाउँपालिका–२ झापाका योग गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एकदिने योगा शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले दैनिक योग अभ्यासले रोग लाग्न नदिनुका साथै स्वस्थ शरीर निर्माण हुने बताउनुभयो ।

उहाँले यस प्रकारको योगाभ्यास शिविर मुलुकको दुर्गम र पहाडी क्षेत्रमासमेत गर्नुपर्ने जोड दिँदै यसले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख खापुङ, प्रदेश प्रमुख कार्यालयका सचिव खगेन्द्र पराजुली, कार्यालयका कर्मचारी एवं सर्वसाधारण सहभागी योगाभ्यास कार्यक्रममा मुख्य प्रशिक्षक चन्दा घिमिरेलगायतले अभ्यास गराउनुभएको थियो ।

Related Articles

Back to top button