युके विशेष

योगि विकासनन्दद्धारा स्ट्रेस मेनेजमेन्टको बिषयमा प्रबचन हुदै

लण्डन, गुरु डा. योगि बिकासनन्दले स्ट्रेस मेनेजमेन्टको बिषयमा आउदो आइताबारको बिहान प्रबचन दिनु हुने भएको छ ।

मनोक्रान्ती टीम युकेको पहलमा गुरु डा . योगि बिकासनन्द ज्यूले भर्चुवल जुममार्फत यहि आउदो जुन २ तारिक बिहान ७ बजे एक घन्टाको लागी प्रबचन हुने भएको हो ।

टीमले प्रत्येक आइतवार कार्यक्रम राखी दिन मनोक्रान्ती केन्द्र बराङ पोखरा कार्यलयमा सम्पर्क गरि अनुरोध गरेकोमा केन्द्रमा चलिरहेको गाभा मेडिटेसन कक्षा सन्चालन भैरहेको कारण गुरुदेव अति ब्यस्त हुनु भएकोले तत्कालको लागी महिनाको दुइ पटक मात्र कार्यक्रम लिन सकिने साधिका सुमारिजिले जानकारी दिनु भएको छ ।

बेलायत लगायत ससाांरको कुनैपनि स्थानबाट सहभागी बनि प्रबचनबाट भरपुर लाभ लिनु मनोक्रान्ती टीमले हार्दिक अनुरोध गर्दछ भनिएको छ । सहभागी हुन चाहानेको निमित्त जुमको आईडी यसप्रकार रहेको छ ।

Zoom ID: 990 628 5923
Paascode: 999

Related Articles

Leave a Reply

Back to top button