लिम्बुवान नागरिक समाज यूकेकोअध्यक्षमा बिजय लुम्फुङवा सर्वसम्मत
संस्थापक अध्यक्ष प्रसाद थेबेको हरेकवर्ष स्मृतिसभा आयोजना गरिने

– चन्द्रगोपाल
लिम्बुवान नागरिक समाज यूकेको छैटौं अधिवेशन मिति जनवरी २४ तारिख २०२६ को दिन आस्फोर्डमा बिजय लुम्फुङवालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ ।
संयोजक नरेन्द्र माबोहाङ, सचिव राजेन्द्र खिम्दिङ र सदस्य मनमाया नेम्बाङ रहेको निर्वाचन समितिले २५ सदस्यीय नया कार्यसमितिको निर्वाचित गरेको छ । कार्यसमितिमा उपाध्यक्षहरु क्रमश: दिलु मादेन, सृजना सम्बाहाङफे र लाहाङ चेम्जोङ, सचिव ज्ञानु फुरुम्बो चरपे, सहसचिव योबाहाङ तुम्बाहाङफे, कोषाध्यक्ष सुन्दर लिङथेप, सहकोषाध्यक्ष टिका मादेन, लिम्बुवानी सम्पदा तथा सांस्कृतिक विभागिय प्रमुख र उपप्रमुख क्रमश: भगवती थलङ र कमल अन्छङबो निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरु जितेन्द्र चेम्जोङ, शुभ नेम्बाङ, बिना योङहाङ, दिल फोम्बो, दिल लाबुङ, सुरेन्द्र थेबे, रिता इजम, उर्मिला थक्लुङ, बिजय पयाङगु, प्रताप लिम्बु, थान नाल्बो, निरज माबोहाङ, रितु नाल्बो, महेश लिम्बु र मन माया वनेम निर्वाचित भएका छन् ।
तुम्याहाङ तथा पूर्व अध्यक्ष दिल सम्बाहाङफेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले सचिव लाहाङ चेम्जोङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष सुन्दर लिङथेपको आर्थिक प्रतिवेदन र अध्यक्ष छत्र वनेमले प्रस्तुत गरेको पुरस्कार समन्धित प्रतिवेदनलाई व्यापक छलफल गरी पारित गरेको छ ।
अतिथिहरु गैर आवासिय नेपाली संघ अन्तराष्ट्रीय परिषदका उपाध्यक्ष विश्वास दीप तिगेला, लिनासका सल्लाहकार लोकेन्द्र तबेबुङ, संस्थापक मिडिया सचिव तथा कियाचुका पूर्वाध्यक्ष डम्मर सिंघक, याक्थुङ कल्चर एन्ड हेरिटेजका संयोजक गणेश इजम, कियाचु केस टंक येङदेन, कियाचु रश्मोर अध्यक्ष थान नाल्बो लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
संस्थापक पदाधिकारी पनि रहेका प्रमुख अतिथि दिल सम्बाहाङफेले शुभकामना मन्तव्य राख्नेक्रममा संस्थाको विगतलाई सम्झे । संस्थागत गर्नेक्रममा भोगेका कठिन समयलाई सम्झिदै भने छैटौं अधिवेशनसम्म आईपुगेकोमा गर्व लागेको छ । शुभकामना मन्तव्यकै क्रममा डम्मर सिंघकले स्मारिका प्रकाशन गर्न लागेकोमा खुशी लागेको छ, यो स्मारिकामा लिनासले गरेका सम्पूर्ण कार्यक्रमहरु समेटिनुपर्ने सुझाव दिए । अर्का अतिथि विश्वास दीप तिगेलाले संस्थापक अध्यक्ष स्व. प्रसाद थेबेलाई स्मरण गर्दै भने उहा जस्तो होनहार व्यक्ति यूकेवासी लिम्बुवानका नागरिकले पाएको हुनाले लिनास जस्तो संस्था सम्भव भयो । उहालाई सम्झिने काम गरेकोमा खुशी व्यक्त गरे । साथै, लिम्बुवान प्राप्त नभै पुन:स्थापित हुने आन्दोलनमा रहेको कटाक्ष गरे ।
अर्का वक्ता गणेश इजमले लिम्बुवानले शुरु गरेको काङसोरे पुरस्कारले लिम्बुवान पुन:स्थापित गर्ने राजनितीक बाटोमा गुणात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । सल्लाहकार वक्ता लोकेन्द्र तबेबुङले भविष्यमा निर्विवाद हुनेगरी काङसोरे पुरस्कारलाई विकास गर्नुपर्ने सुझाव राखे ।
प्रमुख अतिथि सम्बाहाङफे र अध्यक्ष वनेमले संयुक्त रुपमा पानसमा बत्ति जलाएर उद्घाटन गरेको कार्यक्रमलाई स्वागत मन्तव्य उपाध्यक्ष मनमाया नेम्बाङगरेका थिए । निर्वाचन समितिका सचिव राजेन्द्र खिम्दिङले सन्चालन गरेको बन्दसत्रबाट नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई निर्वाचन समितिका संयोजक नरेन्द्र माबोहाङले सपथ खुवाएका थिए । सपथपछि, प्रतिवद्दता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष बिजय लुम्फुङवाले भने लिनासको संस्थापन गर्नेक्रममा यहांहरुले गरेका संघर्षका कथाहरुलाई आशिर्वादको रुपमा लिएर संस्थाको उद्देश्य र मर्म अनुसार समाजलाई अघि बढाउने छु ।




