युके विशेष

कवि गोमा रानाको कवितासङ्‌ग्रह ‘सात समुन्द्रपारिबाट’ विमोचित

काठमाडौँ । १९ अप्रिल २०२४ को दिन कवि गोमा रानाको कवितासङ्‌ग्रह ‘सात समुन्द्रपारिबाट’ रेडियोको प्रत्येक्ष प्रसारण मार्फत विमोचन भएको छ ।

ललितपुरको मानभवनस्थित रेडियोको स्वर्णिम संगम कार्यक्रमबाट शुक्रबार पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा ‘म खोजिरहेछु’सहित ७१ वटा कविता संग्रहित छन् ।समाजसेवा तथा पत्रकारिता गर्दै आएकी रानाले बीएफबीएस रेडियो ब्रुनाईमा रहेर पनि कार्यक्रम सञ्चालन गरेकी थिइन् । उनी रेडियो बीजीडब्ल्यूएसमा पनि कार्यरत छन् ।

स्याङ्‌जाको गल्याङ नगरपालिका-३ मा जन्मिएको गोमाले पाल्पा बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पास गरेकी थिइन् ।

हाल बेलायतको फानबोरोमा बस्दै आएकी गोमा फोनिज युकेको पूर्वअध्यक्ष । यस्तै, उनी पत्रकार महासंघ बेलायत शाखामा पनि आबद्ध छिन् र यस नेपालीसमाचार डटकमको अतिथि सम्पादकको जिम्मेवारी सम्हाली रहेकी छिन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button