समाचार

कोशीका मुख्यमन्त्रीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सघाउने

मोरङ, २० असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार गठनमा सहयोग गर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीयतामाथिको नकारात्मक धारणा मेट्न तथा यसलाई जीवन्त राख्न अब गठन हुने सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले आफ्नो दलसँग बहुमत सदस्य नभएकाले सरकार गठनका निम्ति दाबी पेश नगर्ने प्रष्ट गर्दै छोटो समयका लागि भए पनि दुईपटक सरकारको नेतृत्व गरेकाले अब अन्य राजनीतिक दललाई सहयोग गर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button