समाचार

मृत भेटिएका सन्दीप तामाङको आफन्त खोजी जारी

लन्डन- लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्। २५ वर्षीय सन्दीप तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको छ।

मृतक तामाङको शव बुझ्न यतिबेला प्रहरीले उनका आफन्तको खोजी गरिरहेको छ।

बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत् तामाङको शव भेटिएको जानकारी गराउंदै उनको पहिचानका लागि सघाउन आग्रह गरेका थिए भने एनआरएन युकेले पनि ईमेल गरेर आफन्तको खोजी कार्यलाई तिब्र बनाएको छ ।

Related Articles

Leave a Reply

Back to top button