कवि मञ्जुल मितेरीकाे एकल कविता वाचन हुँदै

१४ मार्च, बराहक्षेत्र । मूर्तिकार एवम् कवि मञ्जुल मितेरीकाे एकल कविता वाचन हुने भएको छ । चतरा साहित्यिक मञ्चकाे आयोजनामा चैत २ गते शनिबार वाचन कार्यक्रम हुने भएको हाे ।
जापानमा विश्वकै सबैभन्दा ठूलो बुद्धकाे मूर्ति निर्माणकाे कार्यलाई नेतृत्व गरिरहेका कलाकार मितेरीले बराहक्षेत्र नगरपालिकाकाे वडामा नम्बर दुई सभाहलमा आफ्नो दर्जन रचन सुनाउनेछन् । प्रदेश सांसद ममता तामाङ मगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कवि मुकुन्द प्रयास वक्ता रहने मञ्चकी अध्यक्ष दीपा मग्रान्तिले जनाइन् । कार्यक्रममा पुष्पा बाेगटी, साजन काेइराला र स्कुलले कविता सिजन दुईकी विजेता सविना बानियाँले सिर्जना वाचन गर्नेछन् ।
स्वर्णिम साहित्य समाजको सहकार्यमा हुने कार्यक्रकाे अफिसियल पार्टनर पूर्वी पहिलो खबर र नानाे खबर रहेका छन् ।
मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकानिवासी कवि मितेरी ईन्द्रबहादुर विश्वकर्मा र सरिता विश्वकर्माकाे सुपुत्रका रूपमा ३८ वर्षषअघि माेरङमा जन्मिएका हुन् । उनी बाल्यकालबाटै कलाकार अरनिकोको जीवनीबाट प्रभावित भएका थिए । उनले हालसम्म डेढ सय शालिकहरू निर्माण गरिसकेका छन् । हाल जापानको चट्टानी पहरामा यो शताब्दीमै बिश्वकै सबैभन्दा बिशाल गौतम बुद्धको मूर्ति निर्माणको नेतृत्वकर्ताको रुपमा कार्य सम्पन्न भइसकेको छ ।
मितेरीले हजार बढी विश्वप्रसिद्ध व्यक्तित्वहरुका अर्धकदका शालिकहरु बनाएर राष्ट्रलाई उपहार चढाउने याेजना बनाएका छन् । उनका आस्था कविता संग्रह (२०५७) र अर्काको देशमा कथा संग्रह (२०७१), कामी कविता संग्रह प्रकाशित भएका छन् । उनका दश बढी गीतहरु रेकर्ड र विमाेचन भएका छन् । उसु (कुङ् फू) मार्शल आर्टका राष्ट्रिय खेलाडी र प्रशिक्षक मितेरी नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३, प्रादेशिक ललितकला प्रतिभा पुरस्कार २०७९ लगायत सय बढी पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् ।