समाचार

जसपाको लिम्बुवानस्तरीय राजनैतिक प्रशिक्षण सम्पन्न

१ जनवरी, धरान । जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा तीन दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव प्रशिक्षण कार्यक्रममा ।

धरानस्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको पौष १४, १५ र १६ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमलाई जसपा, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारीणी समिति सदस्य तथा संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारीणी समिति सदस्य तथा प्रदेश नं. १ का ईन्चार्ज रकम चेम्जोंग, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ का सह ईन्चार्ज पर्शुराम बस्नेत, केन्द्रीय कार्यकारीणी समिति सदस्य रणध्वोज कन्द्ङवा, केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला राई, केन्द्रीय सल्लाहकार प्रा.डा. महेन्द्र लाओती, केन्द्रीय सदस्य खगेन्द्र माखिम, केन्द्रीय लेखा विभाग सदस्य दिलेन्द्र कुरुम्बाङले सहजीकरण गरेका थिए । प्रशिक्षणमा विधान बारे, संगठनात्मक कार्य पद्धति, पार्टीको आदर्श, संघवादका आधारभुत सिद्धान्त र समाजवादको नेपाली बाटो, संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलन,  राजनीतिकमा लैङ्गिक सशक्तिकरण तथा युवा, बिद्यार्थी र महिलाको भुमिका, समानुपातिक समावेशीता र निर्वाचन सम्बन्धित कानुनहरु, पार्टी निर्माण र विस्तार, लिम्बुवान प्रदेश निर्माणः इतिहास र औचित्य, पहिचानमा आधारित १० प्लस १ प्रदेशको संरचना (अबको नेपालको आठौं प्रदेश, लिम्बुवान प्रदेश ) र पार्टी निर्माणको सवाल लगायत विषयमा सहजीकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, राष्ट्रिय समितिका सदस्यहरु, स्वायत्त क्षेत्र समितिका प्रतिनिधिहरु, जिल्लाका पदाधिकारीहरु, पालिका समितिका प्रतिनिधिहरु गरि १५० जनाको सहभागी रहेको लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लाओतीले बताए । लाओेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मा. निर्मला तावा, केन्द्रीय सदस्यहरु दिपक मेन्याङ्बो, भिम राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सन्चालन भने मुख्य सचिव केदार धिमालले गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button