लेख

मुक्कुमलुङमा केवुलकार होईन, मुन्धुमी माङगेन्ना स्थल बचाउनु छ – ज्ञानु फुरुम्बो

ताप्लेजुङ जिल्लामा रहेको अति चर्चित धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) समुद्र सहतबाट ३७९४ मिटरमा रहेको यस शक्तिपिठलाई याक्थुङहरुको पबित्र सर्वशक्तिमान पिठको रुपमा हेर्ने गरिन्छ वरिपरि याक्थुङ लिम्बुहरुको बस्ती अधिक रुपमा बसोबास रहेको छ ।

फुरुम्बो, लिमखिम, फावाखोला, सिकैँचा, तापेथोक जस्ता गाउँहरु मुक्कुमलुङको काखमा रहेका छन । ति गाउँका याक्थुङ लिम्बुहरुले परम्परा देखि नै मुक्कुमलुङलाई युमाको रुपमा मान्ने गरेका छन याक्थुङ लिम्बुहरुले मान्दै पुज्दै आएका हाङसाम युमामाङ हाङसाम थेवा माङको भेट दर्शन भएको साथै सर्वशक्तिमान युमामाङको शक्तिपिठको रुपमा पुज्ने गरेका छन । प्राचिन काल देखि याक्थुङहरुको मुन्धुमि स्थलसंग जोडीएता पनि पछिलो समयमा याक्थुङहरुको सत्य साचो ऐतिहासिक प्रमाणलाई लुकाएर छलकपट गरि मुक्कुमलुङको बिरुद्वमा पाथीभरा देवी भनेर नाम राखियो संघ, सस्था खोलियो प्रचार बाजि गरियो याक्थुङ मुन्धुमसंग सम्बन्धीत प्राचिन नाम मुक्कुमलुङलाई बिस्थापित गरियो यो हुनु नै सिङगो याक्थुङ हरुको माङगेन्ना लुङधुङ ढल्नु हो यसलाई मध्यनजर गर्दै अब कुनै हालतमा चुक्ने छैन याक्थुङ लिम्बुहरु आफ्ना माङगेन्ना चोत्लुङ उठाउन सुरक्षा गर्नका निम्ती गाउँगाउँ बस्तीबाट जिल्ला जिल्लाबाट उठन तयार छन ।

मुक्कुमलुङ याक्थुङ (लिम्बु) जातीहरुको मुन्धुमसंग जोडीएको धार्मिक सास्कृतिक महत्व बोकेको मुक्कुमलुङमालाई बिकास र समृद्विको नाममा अतिक्रमण गरिन्दै छ प्रकृतिक रुपमा सुसजित मुक्कुमलुङ तथा याक्थुङहरको माङगेन्नालाई बिकासको नाममा कुरुप बनाउन नाफाखोरी दलालहरुको गिद्वे नजरहरु चुरुमुराउदै छ तर स्थानीय याक्थुङहरुले यो सपना साकार गरिदिने कुनै बाटो देखिन्दैन । मुक्कुमलुङलाई प्रोटेक्ट गर्न लामो समय देखि आन्दोलन गर्दै आएका छन कि मुक्कुमलुङ जस्तै छ त्यस्तै रहन देउ रहनु पर्छ आधुनिक बिकासको नाममा याक्थुङ मुन्धुमी स्थललाई बिध्वंस गर्ने कुनैलाई पनि अधिकार छैन ।

मुक्कुमलुङ आदिमकाल देखि बसोबास गर्दै आएका स्थानीय रैथाने याक्थुङहरुले आफ्ना पबित्र तथा सर्बोच्च माङगेन्न चोत्लुङ शिरको रुपमा पुकार्दै आएका छन । चाहे मानव कल्याण बिश्व शान्ती वा हरेक प्रकारका मनोकाक्षा किन नहोस मुक्कुमलुङलाई सम्झिने गरिन्छ ।

मुक्कुमलुङ परम्परा देखि येवा, साम्बा, माङदेम्बा, फेदाङमा, सेवासाबा, तुतुम्याहाङ लगायत धामी झाक्रि सबैले मुक्कुमलुङमालाई साँक्षी राखेर मुन्धुम बाचन गर्छन मुधुक्मा गर्छन यो कुरा बिगत लामो समय देखि हामीले अग्रजहरुबाट सुन्दै आएका छौ । याक्थुङहरुले तङसिङ, या फोङसिङमा होस मुक्कुमलुङ माङको नाम उच्चारण नगरि अधुरो र सेवा माङमा नपुग्ने बताउछन ।

के अब त्यस्तो ऐतिहासक धार्मिक याक्थुङहरुको माङगेन्ना चोत्लुङलाई ढाल्न र धस्त बनाउन लागेको अबस्थामा हामी सम्बन्धीत स्थानीय सरोकारवाला अधिकारवालहरु बिकास र समृद्विको नाममा आफ्नौ शिर छेदन गर्न साथ दिने हो त ?

हामी बिकास बिरोधी होईन अहिलेको परिबेशमा बिकास चाहि छ अहिलेको मानव जिवनमा बिकास र परिवर्तनले धरै उचाईमा पुर्याएको छ तर बिकास निमार्णको पनि त सिमा हुन्छ हैन र ? कस्तो ठाँउमा कुन किसिमको बिकास या भौतिक संरचना निमार्ण गर्ने त्यो ठाउ केसंग सम्बन्ध र महत्व छ यो पहिचान गर्नु जरुरी छ ।

मुक्कुमलुङमा केवुलकार निमार्ण गर्नु भनेको असान्तिको जग बसाल्नु हो र अर्काे कुरा बिगत लामो समय देखि शान्ति तरिकाले बसेका याक्थुङ (लिम्बु)हरुलाई चिडाउनु हो किनकी उनीहरुले मुक्कुमलुङलाई प्राण भन्दा धेरै माया गर्छन । उनीहरुको मुक्कुमलुङ सेक्रेट स्थल the sacred lands of Yakhung (“Limbu”) हो । मुक्कुमलुङको अस्थित्व संरक्षण गर्न जुन सुकै परिस्थितिसंग सामना गर्न तयार छन । निमार्णकर्ताले यो परिस्थितिलाई सामान्य नसम्झे हुन्छ । हामी बिकासको बिरुद्वमा उभिएका छैनौ तर मुक्कुमलुङको प्रकृतिक स्वरुप बिगारेर बिध्वंस गरेर कुनै मेघा प्रोजेक्टहरु संचालन गर्ने कुनै कम्पनीलाई पनि अधिकार छैन । किनकी याक्थुङहरुको चोत्लुङ शिर हो माङगेन्ना हो उनीहरुको सर्बोच्च आस्थाको केन्द्र युमा माङको बास स्थान हो । यस्तो पबित्र स्थलमा पैसा कमाउने नाउमा डेटीङ स्पोर्ट बाउन चाहदैनौ । त्यहाँ जे हुन्छ निर्णय गर्ने अधिकार स्थानीय याक्थुङहरुलाई छ ।

याक्थुङहरु यो भुमिमा आदिमकाल देखि बसोबास गर्दै राज्यसत्ता चलाउदै आएको साथै भुमिको मालिक हुन भनेमा कसैले नकार्न सक्दैन । याक्थुङहरु परम्परा देखि नै आफ्नै भाषा बोल्ने, लेख्ने, संस्कार, सास्कृति र नियम कानुनमा बसेर तुम्याहाङ प्रणाली लागु गर्ने गर्थे त्यहि समयमा नै ठाउ गाउको नाम पहिचान गरि बैज्ञानीक तवरमा नामहरु राख्ने गर्थे त्यो कुरा आज पनि ऐेना जतिकै छर्लङ छ । जस्तो मुक्कुमलुङ मुक भनेको शक्ति लुङ भनेको बिशाल पहाड वा ढुङगा समग्रमा मुक्क केगुवा लुङ अर्थ शक्तिबोक्ने पहाड वा चट्टान याक्थुङ लिम्बुहरुको सर्वशक्तिमान युमा माङको बास स्थान भएकोले मुक्कुमलुङ भन्दै आएका छन । यति मात्र कहाँ होर फक्ताङलुङ, सेवालुङ, सेसेलुङ, चम्चम्लुङ, केवालुङ, कावामा, इम्बिरी थाङवामा, यभक्लुङ फावामा मिक्वामा, जस्ता सयौं खोला नाला ठाउ, गाँउको नाम लिम्बु भाषामा राखेका छन ।

त्यहि प्राचिन समयमै नाम रहन्दै आएको मुक्कुमलुङ कसरी आज आएर पाथीभरा भयो किनकी यसरी पुर्बका याक्थुङ लिम्बुहरुको धार्मिक शक्तिपिठहरु अतिक्रमण हुन्दै छन बिकास र समृद्विको नाममा अब याक्थुङ लाजेका भुमि पुत्रहरुले सोच्न जरुरी छ ।

जब १८३१ मा गोर्खाका राजा पृथ्वीनायाराण शाहले बनाउटी र देखावटी सम्वन्ध राखेर यहाका सबै भुमिपूत्रहरुको भाषा, लिपी, धर्म, संस्कार, थाकथलो नस्ट गर्ने निति अबलम्बन गरे त्यहि समय देखि हिन्दुअतिवादी दमनले यो ठाउमा जरा गाड्यो त्यस पछि कति ठाउहरु अप्रभंस भए भने याक्थुङहरुको शक्तिशालि धार्मिक स्थलहरु नाम परिबर्तन गरी हिन्दु धार्मिक स्थलको रुपमा प्रचार प्रसार गरियो । यसको शिकार मुक्कुमलुङ पनि अछुतो रहेन । रैथाने याक्थुङहरुले मुक्कुमलुङ भन्दै आएको आफ्ना सर्बोच्च शक्तिपिठ एकासी नाम परिबर्तन भएर पाथीभरा हुन पुग्यो । यसरी याक्थुङहरुको शक्तिपिठहरु धेरै ठाउमा हिन्दु कृति गरियो गर्ने प्रयास नगरिएको होईन । मयङलु, सुम्जिरि सुमात्लुङ, कुमायक कुसायक जस्ता ठाउमा अतिक्रमण नभएका होईन तर मुक्कुमलुङलाई चाहि बिस्थापित नै बनाए ।

के अब मुक्कुमलुङलाई संरक्षण गर्ने कि नगर्ने घरमा श्रीमतीसंग परिवारसंगमा झगडा गर्दै जाड र रक्सीको गढिमा बसेर संसार जित्ने गफ मात्र दिने होकी आफ्नु चोत्लुङ मुक्कुमलुङको सरक्षणमा पनि लाग्ने हो ।

याक्थुङहरुको चोत्लुङ माङगेन्ना शिर ढाल्न याक्थुङ लिम्बु नै प्रयोग गरिन्दै छ क्या गजब यो दुनियाँ हाम्रो समाजले कहिले बुझ्ने हो । मुक्कुमलुङ संयक्तु संघर्ण समितिले सिङगो याक्थुङहरुको माङगेन्ना चोत्लुङ साथै हजारौ भक्तजनहरुको बिश्वास र आस्थाको केन्द्र भनेर परिचित मुक्कुमलुङलाई संरक्षण गर्नु पर्छ यहा कुनै पनि मुक्कुमलुङको पबित्र आस्थामा आँच आउने भौतिक संरचना निमार्ण गर्नु हुन भनिरहन्दा केवुकार निमार्ण कर्ताले त्यसको बिरुद्वमा लिम्बहरुलाई नै प्रयोग गरेको देखिन्छ । फुङलिङ नगरपालिकाको मेयर अमिर मादेन अहिले न्वारानको बल निकालेर निमार्ण पक्षलाई साथ दिईरहेको देखिन्छ । तर उप मेयर भीमदेवी ओझा भने सुन्न पनि पाएको छैन । बिचार मेयर साबलाई ठुलै बिकास गरेको भाव भएको होला आफ्नै शिर ढालेर याक्थुङहरुको मुन्धुमी आस्था बिध्वंस बनाएर ।

तर यो सपना नदेखे हुन्छ मुक्कुमलुङलाई संरक्षण गर्न हिजो ताप्लेजुङका याक्थुङहरु मात्र लागेका थिए भने आज बिभिन्न जिल्लाका याक्थुङ लगायत सिङगो याक्थुङ लिम्बुहरुको मातृ संस्था किरात याक्थुङ चुम्लुङ र बिभिन्न पहिचानवादी संघ, सस्था र पहिचावादी दलहरु मुक्कुमलुङ संरक्षणका लागि तरवार भएर उभिएका छन ।

मुक्कुमलुङ पाथीभरा प्रकृतिक शक्तिपिठ हो यस्ता ठाँउमा अधिकास तिर्थयात्री भक्तजनहरु दुइ चार घण्टाको पैदलयात्रा गरेर माङ देवीको दर्शन गर्न मन पराउछन धार्मिक परम्परा अनुसार देवी देवताको दर्शन गर्दा दुख कष्ट नगरि शिद्विशक्ति, पुण्य प्रति हुन्दैन भने बुझाई छ । त्यहि भएर मुक्कुमलुङ पाथीभरा देवी दर्शन गर्न आउने भक्तजन दुइचार घण्टा कष्ट गर्न रुचाउछन । हिन्दुहरु धार्मिक स्थल केदारनाथ, परसुरा जस्ता स्थलमा आज पनि कष्ट गरेर दर्शन गर्छन हिडन नसक्नेका लागि सयौं युवा तथा कामदारहरु खटाएको हुन्छन । बोकेर भए पनि दर्शन गराएका छन । के भारत सरकार गरिव भएर यो ठाउमा भौतिक संरचना बनाउन नसकेको नभई यसका प्राकृतिक अस्तित्व पबित्रता कायम राख्न, स्वछ राख्नलाई हो । अनि मुक्कुमलुङमा चाहि केवुलकार चाहिने बर्षाै देखि जाबो तिर्थयात्री हिड्ने तल्लो भञ्ज्याङ सम्मको सडक राम्रो निमार्ण भएको छैन ।

मुक्कुमलुङ पाथीभरामा केबुकार हिजो देखि आज सम्म केबुकार नहुन्दा पनि लाखौ भक्तजनले दर्शन गरेका छन हिडन नस्क्नेलाई संयौ युवाहरु कामदारहरुले बिगत समय देखि नै भतजनलाई बोकेर भएपनि सेवा दिएका छन मुक्कुमलुङको दर्शन गराएका छन । तसर्थ याक्थुङ एवं स्थानीयहरुको माङगेन्ना ढाल्ने काम गलत छ र यसलाई पूर्नविचार गर्न आवश्यक छ ।

Related Articles

Leave a Reply

Back to top button