जनगणना राजनीति र विज्ञानको सम्मिश्रण हो: यस्तो छ जनगणनाको प्रश्न फाराम pdf फाइलमा

गत २४ अक्टोबर २०२० का दिन एक अन्तरक्रिया कार्यक्रममा प्रोफेसर योगेन्द्र बहादुर गुरुङले जनगणना राजनीति र विज्ञानको सम्मिश्रण हो भन्नु भयो ।

ग्लोबल नेटवर्कको नियमित श्रृंखलामा प्रोफेसर गुरुङले आउदो जनगणनाको तयारीको बारेमा जानकारी दिनुभएको हो । सहभागीहरुले जनगणनामा सहि तथ्याङ्क नआउने गरेको भन्ने सहभागीहरुको प्रश्नको उत्तरमा गुरुङले सकारात्मक सोच र आस बनाउनु पर्ने बताउनु भयो ।

आउदो २५ जेठ देखि – ८ आसर २०७८ सम्म राष्ट्रिय जनगणना हुने बताउनु भयो । यस पटक धर्मलाई कोर्ड नम्बर लेख्नु पर्ने भएकोले बेइमान गर्ने ठाउ रहेको र पूख्यौली भाषाको कोलम खडा गरेर सरकारले अर्को षड्यन्त्र गरेको हो की भन्ने सहभागीहरुको जिज्ञासालाई गुरुङले यसको दुबै पाटो भएको र पछिल्लो समय जनसंख्याको आधारमा राजनैतिक पार्टीहरुले समानुपातिक उम्मेदवार उठाउनुपर्ने जस्ता प्रावधानले जनगणनाको झनै महत्व बढेको बताउनु भयो ।

प्रोफेसर गुरुङ त्रिभुवन विश्वविद्यालयको जनसंख्या विभागमा प्राध्यापन गर्नुहुन्छ भने राष्ट्रिय जनगणनाको सल्लाहकार पनि हुनुहुन्छ ।

जनगणना २०७८ को प्रश्न फाराम तल हेर्नुहोसः

घर तथा घरपरिवार सूचीकरण फाराम
सामुदायिक प्रश्नावली
जनगणनाको मुख्य प्रश्नावली