समाचार

भारत-नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श हुने

१९ डिसेम्बर, सिलगुडी । याक्थुङ साहित्य र मुन्धुमबारे दुई देशीय विमर्श कार्यक्रम हुने भएको छ । पेरूङ्गो अर्धवार्षिक पत्रिका र हाम्रो किताब घरको संयुक्त आयोजनामा यहीँ डिसेम्बर २३ तारिख(पुस ७) शनिबारका दिन भारत-नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श कार्यक्रमको‌ आयोजना हुने भएको हाे ।

कार्यक्रममा याक्थुङ(लिम्बु) साहित्य र मुन्धुमबारे गम्भीर रूपमा बहस र छलफल हुने भएको आयोजकका सदस्य एवम् कवि विशाल नाल्वाेले बताए । कार्यक्रममा वक्ताहरूका रूपमा भारतबाट डा. ज्ञानेन्द्र यक्साे, बबिता मादेन र नेपालबाट अमित थेबे मिहाङ रहेका छन् । डा. यक्साे ‘दाहिने बाटो’ कविता कृतिका सर्जक र समावेशी साहित्यिक आन्दोलनका प्रवर्तक हुन् ।  ‘१९८६ बास हराए पछि’ पुस्तकका लेखिका बबिता मादेन कवि समेत हुन् । दुवै दार्जिलिङका हुन् । कवि थेबे मिहाङ याक्थुङ लिम्बु मुन्धुम र साहित्य इतिहास अध्येता हुन् । उनी र अर्जुनबाबु माबुहाङकाे कृति ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिङ चेम्जोङकाे लेखाेट’ले गत वर्षको सबैभन्दा ठूलो पुरस्कार राशीकाे पहिचान पुरस्कार समेत प्राप्त गरेको थियोे ।

सिलिगुडीकाे सालबारीस्थित क्याफे दी ट्वीनमा दिउँसो एक बजे हुने कार्यक्रमकाे सहजकर्ताका रूपमा कवि एवम् समीक्षक पराजित पोमु रहनेछन् । उनी इतर साहित्यका प्रवर्तक समेत हुन् । हाम्रो किताब घरले विशेषगरी पश्चिम बङ्गाल, सिक्किम र पूर्वाेतरका राज्यमा पुस्तक पुर्‍याउने र प्रकाशन गर्ने काम गरिरहेको छ । घरको स्थापना सन् २०२१ मा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button