NRNA Specialअन्तर्राष्ट्रियप्रवाससाहित्य सिर्जना

एनआरएनएद्वारा आदिकवि भानुभक्त आचार्य भानुजयन्तीको स्मरण कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको सम्मान तथा स्मरणमा विशेष साहित्यिक कार्यक्रम संपन्न भएको छ।

कार्यक्रमको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई र विशेष अतिथिका रूपमा प्रा.डा. कुमार कोइरालाको आतिथ्यमा रहेको थियो।

प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि केन्द्रित रहेर वहाँको बारेमा साहित्यकार केदार संकेतले प्रस्तुत गरेका थिए।

यस अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रवासी नेपालीहरूको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यले कार्यक्रममा विश्वका विभिन्न देशमा रहेका नेपाली साहित्यकार, स्रष्टा तथा दुइ दर्जन साहित्यप्रेमीहरूले आ आफ़नो मंतव्य साथै श्रीजना वाचन गरेका थिए ।

प्रा. कुमार कोइराले, उत्तराधुनिक र आधुनिक आख्यानको बारेमा मूर्तकला र अमूर्त कलाको स्पष्ट व्याख्या गरेका थिए भने सर्जक रीता देवी प्रधान (आमा), गोमा राना (घासीं), मिंजाई (नानीहरू), चंद्र कुबेर खापूँग (मुक्तक जिंदगीका सबै घासीहरुलाई), डा. लेखनाथ काफ़ले (व्यंग्य स्ट्याटस), शिला घमाल (जीवनले के के सिकायो), डेंजोम सांङपाड, पवन कुमार बुढ़ाथोकी, सागर श्रेष्ठ, टेक थापा, गोविन्द प्रसाद गौतम, हिकमत थापा, विनय शाह लगायतले आफ़नो श्रीजना वाचन गरेका थिए।

प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले भानु जयन्तिको अवसरमा प्रमुख राखेकोमा ख़ुशी ब्यक्त गर्दै भानुभक्तिय रामायण ग्रन्थ अंग्रेज़ी भाषामा अनुवाद, अंग्रेजी संस्करणलाई एनआरएन अंतराष्ट्रीय साहित्य समितिबाट प्रकाशन होस भन्ने अनुरोधलाई स्वीकार गर्दै विनय शाह (NRNA HK Limited) बाट रू दुइ लाख र रीता देवी प्रधानबाट रू पचास हज़ार सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रम सञ्चालन साहित्यकार समिति सदस्य कुशल संचालक अमित थेबेले संचालन गरेका थिए। अंत्यमा अंतराष्ट्रीय साहित्य समितिको अध्यक्ष तिगेलाले यो पहिलो प्रयासमा नै भव्य कार्यक्रम भएकोमा ख़ुशी व्यक्त गर्दै यसलाई निरंतरता दिनेमा जोड़ दिदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Back to top button