
अल्डरशट, ३ अक्टोबर २०२६ — योगा ध्यान शांन्ति तथा स्वास्थ्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आज अल्डरशटको वेलिङ्टन स्ट्याचु कार पार्कबाट रमिते डाँडासम्म ‘साइलेंट वाक फर पिस’ (शान्तिका लागि मौन पदयात्रा) कार्यक्रम सम्पन्न भएको छ।
बिहान १० बजे वेलिङ्टन स्ट्याचु कार पार्कमा सहभागीहरू भेला भएका थिए। चिया तथा नास्ता पछि गुरुहरू नागेन्द्र लिम्बाङ, गोप गुरु र गजेन्द्र (गाज) गुरुको निर्देशनमा मौन पदयात्रा सुरु गरिएको थियो।
पदयात्राका क्रममा सहभागीहरूले बाटोमा पानीमा हिँड्ने अभ्यास समेत गरेका थिए। रमिते डाँडा पुगेपछि करिब १५ मिनेट ध्यान गरिनुका साथै त्यसपछि सहभागीहरूले खाली खुट्टा हिँडेर, रूख संग मौन वार्ता गरेर प्रकृति र आत्मिक शान्तिसँग जोडिने अभ्यास गरेका थिए।
कार पार्कमा फर्किएपछि गोप गुरुबाट योग तथा सूर्य नमस्कार र बन्दना गुरुमाबाट साउन्ड हिलिङ गराइएको थियो। कार्यक्रममा सहभागीहरू र नया सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरू द प्यालेसमा भेला भई मिठो भोजनसहित सामूहिक रूपमा सम्पूर्ण कार्यक्रम समापन गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रमले शारीरिक व्यायामसँगै ध्यान, योग, मौनता र आत्मिक शान्तिको माध्यमबाट सहभागीहरूमा सकारात्मक ऊर्जा तथा शान्तिको भावना विकास गर्ने उद्देश्य राखेको थियो।




