मनोरञ्जन

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

काठमाडौँ, २९ भदौ : बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो ।

गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ ।

तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताउनुभयो ।

बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गीतकार एवं चिकित्सक डा भोला रिजाल, गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button