समाचार

स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता

काठमाडौँ, १३ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।

स्विट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँहबीच नेपाल र भुटानको समस्या करिब उस्तै रहेकाले आपसी सहयोग र सहकार्यका आधारमा समाधान गर्नुपर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको डा अधिकारीले बताउनुभयो ।

सो क्रममा उहाँहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

Related Articles

Back to top button

This will close in 0 seconds