आदिवासीस्थानीय

धनकुटाको पाख्रीवासमा यसरी मनाइयो उभौली चाड (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीवासमा भव्य रुपमा साकेला उभौली चाड मनाइएको छ ।

किरात राई यायोक्खा पाख्रीवास ३ नं वडा कार्य समितीको आयोजना तथा पाख्रिबास ३ नं वडा कार्यालयको प्रायोजनमा नपाको पर्यटकिय स्थल पाख्रिबास वडा नं ७ स्थित रम्चे डांडा(क्षितिज बस्ती) मा बृहत् साकेला उभौली चाड मनाइएको हो ।

प्रकृति पूजक यो समुदायले साकेला थानमा पूजा आराधना गर्दै साकेला नृत्य नाच्दै यो चाड मनाउने गरेका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष सरोज राईले आफ्नो भाषा,संस्कृति,संस्कार संरक्षण गर्नु हाम्रो दायित्व भएको साथै पहिचान जोगाउन एकताबद्द हुनुपर्ने बताए ।

किराया पाख्रिबास वडा नं ३ का अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा संचालित कार्यक्रममा किराया जिल्ला अध्यक्ष उद्दवमणि राई लगायत किरात भाषा तथा उत्थान समिति पाख्रिबासका अध्यक्ष तपिराम राई,किराया पाख्रिबास नगर कार्य समितिका पूर्व अध्यक्ष,वर्तमान अध्यक्ष ,स्थानिय जनप्रतिनिधीहरु सहित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button