स्थानीय
धनकुटाको मुलघाट स्थित तमोर नदीमा चिप्लिएर खसेकी महिलाको उद्दार,अवस्था गम्भिर

धनकुटा,२३ फागुन । धनकुटाको मुलघाट स्थित तमोर नदीमा चिप्लिएर खसेकी महिलाको उद्दार गरिएको छ ।
आज दिउंसो करिब २:४० बजे जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट स्थित तमोर नदीमा अरुण तेस्रो हाइड्रोपावरको सामान बोक्नको लागि बनाइएको बैकल्पिक बाटोमा चिप्लिएर खस्दा मोरङको बुढिगंगा गाउपालिका वडा नं. १ का २४ बर्षिय वर्ष सुस्मा पौडेल घाइते भएकी हुन् ।
फोटो खिच्ने क्रममा चिप्लिएर खसेको खबर पाउनसाथ प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानिय समेतको सहयोगमा खसेको स्थानबाट करिब ५ सय मिटर बगाएकोमा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइतेको उद्दार गरी उपचारको लागि बिपि कोईराला स्वास्थ्य प्रतिस्ठान धरान घोपामा पठाइएको साथै अबस्था गम्भिर बोल्न नसक्ने रहेको पनि प्रहरीले जनाएको छ ।




