स्थानीय

धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा संचालित ७ दिने डम्फू बजाउने तालिम सम्पन्न

धनकुटा । धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा मौलिक संस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ७ दिने डम्फू बजाउने तालिम वुधवार सम्पन्न भएको छ ।

तालिमको समापन पाख्रीवास नगरपालिका वडा नं.९ का कार्यवाहक वडाध्यक्ष पहल मान घिसिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तालिम समापनको अवसरमा बोल्दै कार्यवाहक वडाअध्यक्ष तामाङले भने–‘सात दिनसम्म तालिममा सिकेको ज्ञानसिपलाई होम स्टेमा व्यबहारमा उतार्न सक्नु पर्दछ ।‘ वडा कार्यालयले डम्फू तालिम राख्नुको मुख्य उदेश्य भनेको तामाङ संस्कृति भित्र पर्ने डम्फु सेलो मार्फत होम स्टेमा आउने पाहुनालाई आकर्षण गरेर वढी भन्दा वढी पर्यटन भित्र्याउनु रहेको तामाङले बताए । उनले चाँडै नै मगर समुदायको हुर्रा नाचलाई पनि होम स्टेमा वडाको तर्फबाट तालिमको लागि सहयोग गर्ने जानकारी दिए ।

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ का पुर्व वडा सदस्य रामवहादुर लुङ्गेली मगरले डम्फू बजाउने तालिमले होम स्टेमा आगामी दिनमा मौलिक साँस्कृतिक कार्यक्रम आयोजना गर्न सहयोग पुग्ने विश्वास गरे । उनले पाख्रीवास नगरपालिकामा मगर र तामाङ समुदायको वाहुल्यता रहेकाले दुवै सहुदायलाई होम स्टेमा एकै साथ लानु पर्नेमा जोड दिए । उनले जिल्लाको अन्य पालिकाहरुमा र जिल्ला बाहिर विभिन्न जिल्लामा संचालनमा रहेको होम स्टेहरुको स्थलगत रुपमा अलोकन गरेर पनि होम स्टे संचालन गर्न सकिने धारणा राखे ।


तालिमको सहजिकरण नेपाल तामाङ घेदुङ धनकुटाका पुर्व जिल्ला सचिव एवं पत्रकार सन्तवीर लामाले गरेका थिए । सात दिने तालिममा डम्फुको इतिहाँस र महत्व, डम्फू बजाउने विधि, डम्फूको साँस्कृतिक महत्व, डम्फू निर्माण कसरी गरिन्छ, डम्फूको संरक्षण र प्रचार र डम्फूको भविश्यको बारेमा सहजिकरण गरेका थिए ।

डम्फू वजाउने तालिमको साथमा तामाङ सेलो मातृ बन्दना तम्बाको गीत, डम्फुको सृष्ट्रिको गीत, माया पिरती साटासाट गर्ने गीत, तामाङ जातिको विवाहमा गाईने गीत, होम स्टेमा आउने पाहुनालाई स्वागत गर्ने गीत, शुभकार्य र पुजा आजामा गाईने गीतलाई सामुहिक रुपमा लय दिएर डम्फू बजाउँदै गाउने अभ्यास गराइएको थियो ।

उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष दिलु तामाङको अध्यक्षतामा सम्पन्न ७ दिने डम्फू बजाउने तालिम समापन कार्यक्रममा समाजसेवी जय मोक्तान, पाख्रीवास–९ लिसिम्वु बालशिक्षा प्राविका विव्यास अध्यक्ष नेत्रवहादुर ठाडा, सहभागीहरुको तर्फबाट पुष्पा तामाङ र रामज्योती योन्जनले आ–आफ्नो धारण राख्दै तालिम फलदायी भएको बताएका थिए ।

सात दिने डम्फू बजाउने तालिमममा होमस्टेमा आवद्ध ५ जना पुरुष सहित १७ जनाले भाग लिएका थिए । तालिम सम्पन्न गर्न पाख्रीवास नगरपालिका वडा नं.९ को वडा कार्यालयले आर्थिक सहयोग गरेको होम स्टे संचालक समितिका अध्यक्ष दिलु तामाङले जानकारी दिए ।

तालिम समापनको क्रममा पाख्रीवास नगरपालिका वडा नं.९ को कार्यालयलाई तालिम आयोजक संस्थाको तर्फबाट धन्यवाद् पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाकी अध्यक्ष मानबी मोक्तानले गरेकी थिईन ।

Related Articles

Back to top button