स्थानीय

धनकुटामा निर्वाचन सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान

धनकुटा,१६ चैत । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मान गरेको छ।

कार्यलयले १६ गते सोमबार एक कार्यक्रम गरेर प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटास्थित सुरक्षा निकायका प्रमुखहरू, कोलोनीका प्रमुख तथा नेपाल पत्रकार महासंघलाई सम्मान गरिएको हो।



सम्मान कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले निर्वाचन सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण राजनीतिक दल, विभिन्न संघसंस्था, सुरक्षाकर्मी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले सबै पक्षको सहकार्यका कारण निर्वाचन शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।

Related Articles

Back to top button