स्थानीय
धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार

धनकुटा,१४ चैत ।धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार गरिएको छ ।
आज बिहान जिल्लाको धनकुटा नगरपालिका ६ स्थित परिचय मोडमा सुमन श्रेष्ठको निर्माणधिन घरको जग खन्ने क्रममा कामदार धनकुटा नपा १० पारिपात्लेका ३५ बर्षिय राम बहादुर तामाङ्को उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएपछि खबर पाउनसाथ जिप्रका धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा उद्धार सामाग्री सहित ३५ जनाको टोलि खटि गई माटोको ढिस्को पन्छाई पुरिएको तामांगलाई गम्भिर अवस्थामा उद्दार गरिएको हो ।
उद्दार गरि घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा पठाइएको प्रहरीले जनाएको छ ।
घाइते तामांग हाल उपचारत रहेको अवस्थामा रहेको साथै अवस्था सामान्य हुदै गएको पनि प्रहरीले जनाएको छ ।




