यूकेमा कक्फेक्वा तङनाम सम्पन्न

२२ जनवरी, लन्डन । बेलायतमा रहेका याक्थुङहरूले कक्फेक्वा तङ्नाम मनाएका छन् । याक्थुङ लिम्बु समुदायको विशेष पर्व कक्फेक्वा तङ्नामकाे अवसरमा युमा साम्याे महासभा यूकेले कार्यक्रम आयोजना गरेको हाे ।
गत जनवरी १८ तारिखमा याक्थुङहरुको नयाँ वर्ष या पहिलो महिना शुरु हुने उपलक्षमा मनाईने कक्फेक्वा तङनाम युमा साम्यो महासभाले केन्टकाे आसफोर्डमा कार्यक्रम गरेको अध्यक्ष दिल पालुङवा याक्थुङले बताए ।
सगरमाथा गोरखा नेपाली कम्युनिटिका अध्यक्ष मोहन सोदेम्वाकाे मुख्य आतिथ्यमा भएको कार्यक्रममा येवा दल बहादुर फुरुम्बाे विशेष अतिथि थिए । पालुङ्वाकाे अध्यक्ष भएको कार्यक्रम महासचिव तारा बहादुर कन्दङवाले गरेका थिए । अतिथिहरुमा कियाचु आसफोर्ड शाखाको अध्यक्ष सुन्दर लिङथेप, कियाचु फोक्स्टाेन शाखा अध्यक्ष रिटायर्ड क्या.ज्ञान लिम्बु, लिम्वुवान नागरिक समाज अध्यक्ष छत्र वनेम, याक्थुङ चुम्लुङ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष लोकेन्द्र तबेबुङ, ताप्लेजुङ युके युवा समाजका अध्यक्ष धन थलङ, युनाईटेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र थेवे, संघीय लोकतान्त्रिक सामाजिक मञ्च आसफोर्डका अध्यक्ष प्रदीप आङबुहाङ, कलाकार रञ्जिता सावादेन, गायक एवम् नायक कञ्चन थलङ रहेका थिए ।
युमा साम्यो साँस्कृतिक विभाग कमल अन्छङवोको अगुवाईमा पाहुनाहरुलाई स्वागत गर्दै हलबाहिरवाट हलभित्रको स्टेजमा पुर्याइएकाे थियो । स्वागत मन्तव्य मिडिया सचिव लाहाङ चेम्जोङले गरेका थिए ।
अध्यक्ष दिल पालुङवा याक्थुङ र प्रमुख अथिति मोहन सोदेम्वाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । उद्घाटनपश्चात वन तरुललाई येवा दल वहादुर फुरुम्वोवाट फिम्मा गरिएको थियो ।
याक्थुङ नयाँ वर्ष र कक्फेक्वा तङनाम वारे सल्लाहकार नरेन्द्र मावोहाङले मन्तव्य राखेका थिए । प्रमुख अतिथि मोहन सोदेम्वाले शुभकामना दिदै अर्को कक्फेक्वा तङनाम वृहत उपस्थितिमा मनाउनुपर्ने बताएका थिए । अतिथि लोकेन्द्र तबेबुङले चाँप फुलेको वेला मनाईने चाड कक्फेक्वा भएको बताए ।
अध्यक्ष दिल पालुङवाले याक्थुङहरुको कुसङ तङवेबारे प्रकाश पारेका थिए । साथै यसै अवसरमा कक्फुङ (चाँप फुल) फुल्न शुरु गर्ने हुनाले पूर्खाहरूले वनतरुल पोलेर, पकाएर खाई हर्सोलासका साथ मनाउने भएकोले कक्फेक्वा तङनाम शुरु भएको बताए । यो परम्परा सावा येत्हाङहरुले गरेकोले उनिहरुको सन्तान याक्थुङहरुले पनि आजसम्म निरन्तर मनाईरहेको वताए ।
पहिलो चरणको कार्यक्रम पछि दोस्रो चरणको कार्यक्रम साँस्कृतिक सचिव भगवती थलङले गरेकी थिइन् । के:लाङ, या?लाङ, हाक्पारे आदि प्रदर्शन गरिएको थियो । कलाकार रञ्जिता सावदेनले नृत्य प्रस्तुत गरिन् भने कञ्चन थलङले गीत गाएर भरमन्दुर मनोरञ्जन दिलाएका थिए । यसैबीच सिजोईङ्मिसा या माङदेङबाहरु येवा दल वहादुर फुरुम्बो, उनका येगाप्चिबा/सहयोगी दिलेन्द्र लावुङ र येवा तेज बहादुर ताप्मादेनलाई सम्मान पत्र र युमा साम्यो साँस्कृतिक विभागलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।




