समाचार

स्याङ्जा समाज युकेको वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको लागि तैयारी

लण्डन। गत १४ डिसेम्बर २०२५ आईतबार स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष तथा ट्रस्टिहरु, सल्लाहकारहरु, आमा समूह, कार्यसमिति लगायत सम्पुर्ण बेलायतमा रहेका स्याङ्जाबासी सदस्यहरुको बैठक सम्पन्न भएको छ।

उक्त दिन सस्थाका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा जुमको मध्यमबाट बसेको बैठकले वार्षिक साधारणसभा तथा अधिबेशनको लागि तैयारी गर्दै गरेको र बिबिध निर्णयहरुमा छलफल गरि निष्कर्ष निकालेको जानकारी सस्थाका महासचिव राम राज शर्माले जानकारी दिएका छन्।

निर्णयहरुमा वार्षिक बैठक तथा अधिबेशन मिति २५ जनवरी १२ बजे देखि बेलुकी ६ बजे सम्ममा सक्ने निर्णय गरिएको छ ।

स्थान : 136 Greenford Road, Sudbury Hill Harrow London HA1 3QL

यस्तै अधिबेशनको लागि बेलायतमा रहेका स्याङ्जा जिल्लाका विभिन्न गाउले समाज तथा भेगका संघ सस्थाका ब्याक्तीहरुलाई निर्वाचन समितिमा नियुक्ति गरिएको छ ।

निर्वाचन समितिमा आयुक्त: सस्थापक अध्यक्ष श्री सारदा गुरुङ ।
सदस्य : क्या श्री डोल गुरुङ (सल्लाहकार) कोल्मबहाकोट समाज युके ।
सदस्य : श्री प्रसाद गुरुङ (संरक्षक) सोंपाल समाज युके ।
सदस्य : श्री मदन राना ज्यु (महासचिव ज्याग्दिखोला समाज युके) ।

सदस्य : श्री नारायण गुरुङ (सल्लाहकार) (अध्यक्ष बागे मैदान समाज युके)
सदस्य : श्री हरि गुरुङ (सल्लाहकार) (अध्यक्ष फेदिखोला समाज युके)
सदस्य : श्री गिर गुरुङ (सल्लाहकार) (पुर्ब अध्यक्ष पेल्क चौर समाज युके)
कालीगण्डकी समाज युके : प्रेम राना (अध्यक्ष काली गण्डकी सेरोफेरो)
चापकोट प्रतिनिधि : श्री चिन बहादुर आले ज्यु
वलिङ प्रतिनिधि : श्री राम बगाले ज्यु
क्याक्मी क्याउरे जगत भञ्ज्याङ प्रतिनिधि : श्री कृष्ण भण्डारी ज्यु

अधिबेशन पुर्ब कोषाध्यक्षको तर्फबाट सस्थाको अर्थिक प्रतिबेदन तयार पार्नुका साथै अधिबेशन पुर्ब महासचिवको प्रतिबेदन प्रस्तुत गर्ने र दोस्रो सेसनमा निर्बाचन आयुक्तलाई हस्तान्तरण गर्ने गरि दुई चरणमा कार्यक्रम हुने जानकारी दिएका छन्।

Related Articles

Back to top button