समाचार

सुरक्षा परिषद् बैठक सम्पन्न : २१ फागुनको निर्वाचनको लागि सेना परिचालन गर्न सिफारिश

काठमाडौं, ४ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को ४१औं बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Related Articles

Back to top button