स्थानीय

धनकुटाको पाख्रिबासमा यलम्बरको सालिक तोडफोड

धनकुटा,२७ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा रहेको यलम्बरको सालिक तोडफोड गरिएको छ ।

पाख्रिबास सिमसार क्षेत्रको मुख्य प्रबेशद्वार नजिकै रहेको उक्त सालिक अज्ञात ब्यक्तिहरुले तोडफोड गरेको किरात भाषा तथा उत्थान संरक्षण समिति पाख्रिबासका उपाध्यक्ष एवं पाख्रिबास सिमसार संरक्षण समितिका सदस्य श्याम प्रकाश राईले जानकारी दिए ।

उक्त सालिकमा रहेको बिजुलीका केही बल्बहरु समेत निकालेर लगिएको साथै शिलापत्र समेत उक्काइको र तोडफोड गरिएको छ ।

घटना पश्चात इलाका प्रहरी कार्यालय पाख्रिबासमा उजुरी दिइएको र घटनामा संग्लग्नहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

उक्त सालिक बिसं २०७६ सालमा तत्कालिन प्रदेश सांसद बिनादेबी राईको पहलमा प्रदेश सरकारको करिब ५ लाख र
किरात भाषा तथा उत्थान संरक्षण समिति पाख्रिबासको ६० हजारको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

Related Articles

Back to top button