राकेश क्रान्तिकारीकृत ‘अनाम प्रेमिका’ को विमोचन

१९ अक्टोबर, कालिम्पाेङ । गत १८ अक्टोबर शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक भवनमा एक भव्य कार्यक्रम बीच कवि राकेश क्रान्तिकारीको प्रथम कविता संग्रह “अनाम प्रेमिका” को विमोचन सम्पन्न भयो ।
कार्यक्रममा विभिन्न संस्थाका बौद्धिक व्यक्तित्वहरू, कवि साहित्यकारहरू, कालेबुङ महाविद्यालयका प्राचार्य एवम् विद्यार्थीहरू साथै नेपाली साहित्यका गम्भीर पाठकहरूको उपस्थिति थियो ।
कार्यक्रमको सुरुवात कविता वाचनबाट गरिएको थियो। कवि भुमिका राई, प्रणय दाहाल, एकान्त प्रेमी, पुकार पारदर्शी, मनोज बोगटीले उत्कृष्ट कविता वाचन गरेँ ।
वरिष्ठ कवि सुधीर छेत्री र टीका भाइले प्रकाशित कविता सङ्ग्रहमाथी छोटो तर गम्भीर वक्तव्य राखेका थिएभने प्रकाशक छेवाङ योन्जनले किताब प्रकाशन बारे रोचक मन्तव्य प्रकट गरे ।
उपस्थित अतिथिहरू कवि भिमा राई तोलछा, कवि योगिता राई, कवि सुधीर छेत्री अनि कथाकार प्राचार्य सन्जय विष्टद्वारा कविता संग्रह “अनाम प्रेमिका” को बिमोचन गरियो। अन्त्यमा प्राचार्य सन्जय विष्टले “भाषाको भाष्य” शीर्षकमा आफ्नो गहकिलो मन्तव्य राखेँ ।




