समाचार

दक्षिण एशियाको पहिलो होमस्टे “सिरुबारी गाउँ यु के “ को दशैं तिहार कार्यक्रम सम्पन्न

लण्डन।

गत ११अक्टोबर २०२५ शनिवार साउथ ह्यारो स्पोर्ट्स सोसियल क्लब (South Harrow, Sports & Social Club, Valentine Road, HA2 8EG) मा दक्षिण एशियाको पहिलो होमस्टे सिरुबारी गाउँ यु के द्वारा आयोजना गरिएको विशेष दशैं तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन समाजको अध्यक्ष डेभिड गुरुङ र ज्येष्ठ सदस्य निर्मला गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेपछि नेपालको राष्ट्रिय गान गाएका थिए। सो कार्यक्रम पूर्ण तयारी भईसकेको तर गाउँमा आफन्तजन स्वर्ग भएको कठिन अवस्थामा पितृहरू साथै देशका दिवंगत पितृहरूको सम्झना गर्दै र वहाँहरू सबैको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरी सामूहिक रुपमा प्रार्थना गरिएको थियो ।

नेपालबाट आएका प्रख्यात कलाकार द्वय जुनाश्री मगर र तिलक गुरुङका साथ सबैले बुद्ध प्रार्थना गाएर कार्यक्रमलाई भावनात्मक र धार्मिक वातावरणमा रंगिन तर अलग विशेषता सिर्जना भएको थियो । यसरी कलाकारहरूको प्रस्तुति सँगै उपस्थित समुदायले पितृहरूलाई सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

दशैं-तिहारलाई परदेशमा पनि जन्मभूमिको माटो सँगको सम्बन्ध र एकताको भावना सँग जोड्दै नेपाली परम्परा, सिरुबारी गाउँको सँस्कार र सँस्कृतिलाई जोगाउने उद्धेश्यका साथ केही समय आगडि खडा भएको सामाजिक कुराहरू व्यक्त गर्दै समाजका अध्यक्ष डेभिड गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। त्यस्तै सो कार्यक्रममा सबैको सहायताले कार्यसमिति पुरा गरेपछि समाजको अन्य कुराहरू लगायत सबैको साथ, सहयोग, आपसी मेलमिलाप र सर सल्लाहले समाज अझ सशक्त हुने महासचिव धन बहादुरले आफ्नो भनाई प्रस्तुत गरेका थिए। परदेशमा तथा स्वदेशमा जहाँ बसे पनि जन्मभूमिको माया, समुदाय बीचको एकता, सहयोग, आपसी सद्भावले सबैलाई एकै थलोमा ल्याएर साँस्कृतिक, धार्मिक र सामुदायिक एकतालाई थप बलियो बनाएर ईमानदारीतापुर्वक सेवा गरे सबैको हित हुन्छ, सबैको जय हुन्छ भन्ने कुरा सोँपाल समाजका सँस्थापक अध्यक्ष विजय बहादुर गुरुङले व्यक्त गरेका थिए।

सस्थाका अध्यक्ष डेबिड गुरुङको अध्यक्षतामा कुशल संचालक महासचिव धन बहादुर गुरुङले सन्चालन गरेका थिए। विदेशी भूमिमा बसोबास टाढा भए तापनि स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रम अत्यन्तै सौहार्द र भव्यताका साथ सम्पन्न भएको जानकारी महासचिबले दिएका थिए।

Related Articles

Back to top button