समाचार
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौँ । आगामी असोज ६ गतेदेखि २० गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ ।
आगामी सोमबारदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत बन्द रहने बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ ।
उक्त अवधिमा पर्ने घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने समेत सूचनामा भनिएको छ ।




