समाचार

फाेनिजकाे २६ ओैँ स्थापना दिवस धरानमा

पहिचान पत्रकारिता पुरस्कार लाओती र लामालाई

१२ अगष्ट, विजयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फाेनिज) काे २६ ओैँ स्थापना दिवस धरानमा सम्पन्न भएको छ । फाेनिज प्रदेश नम्बर एक समितिले पुरस्कार एवम् सम्मान वितरणसहित स्थापना दिवस मनाएकाे हाे ।

‘समृद्धिकाे आधार : पूर्ण समावेशी सञ्चार’ नाराका साथ शनिबार धरानकाे एचके मेलाेडीमा भएको एक कार्यक्रमबीच प्रमुख अतिथि एवम् साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले पहिचान पत्रकारिता पुरस्कारबाट झापाका दिल कुमार लाओती र भाेजपुरकी शारदा तामाङलाई प्रदान गरेका थिए । पुरस्कारकाे राशी जनही दश हजार रूपैयाँसहित कदरपत्र रहेको छ । सम्मानित हुने तामाङ भाेजपुर सामुदायिक रेडियो र माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार हुन् । त्यस्तै, लाओती छापा पत्रकारिता र अनलाइन मिडियामा अढाई दशकदेखि क्रियाशील रहँदै आएका छन् । पुरस्कारलाई समाजसेवीद्वय हरि लाओती र केबी लिम्बुले साैजन्य गरेका थिए ।

साँगुरीगढी गापा अध्यक्ष जितेन्द्र रुम्दालीले फाेनिजकाे कार्यक्रमलाई सम्बाेधन गर्दै ।

कार्यक्रमलाई सम्बाेधन गर्दै साँगुरीगढी गापा अध्यक्ष जितेन्द्र रुम्दालीले फाेनिजकर्मीहरूलाई पहिचानसँगै जनताको समस्याका बारेमा कलम चलाउन आग्रह गरे । उनले आफ्नो पालिकाले चाँडै स्थानीय मिडिया ऐन ल्याउन लागेको खुलासा गरे ।

साे अवसरमा फाेनिजकाे महाधिवेशनमा निर्वाचित सङ्घीय उपाध्यक्ष अर्जुन जम्नेली राई, इञ्चार्ज राजेन्द्र दुष्ट, सहइञ्चार्ज भक्तशेर लिम्बु, सचिव माला पालुङ्वा, सङ्घीय सदस्य दिनेश सुब्बा, बिनु चेम्जोङ, गजेन्द्र राई, सन्देश सुब्बा लगायतलाई सम्मान गरिएको थियोे ।

वरिष्ठ पत्रकार हर्ष सुब्बा ।

साे अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, सञ्जय सन्ताेषी राई, काैशल चेम्जोङ, फाेनिज उपाध्यक्ष अर्जुन जुम्नेली राई, पूर्व प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासङ्घ सुनसरी सभापति सन्ताेष काफ्ले, पूर्वसभापति जनकऋषि राई, पूर्व केन्द्रीय सदस्य निलिफा सुब्बा, फाेनिज सुनसरी अध्यक्ष सुनिलकुमार चाैधरी, प्रेस चाैतारी सुनसरी अध्यक्ष विकास चाम्लिङ लगायतकाे उपस्थिति रहेको थियोे ।

फाेनिज प्रदेश अध्यक्ष विजयबाेध लाओतीकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुप्रिया राईले दिएकी थिइन् । सचिव दिल राईले सञ्चालन गरेको कार्यक्रममा फाेनिज, आदिवासी जनजाति सङ्गठनका प्रतिनिधिहरू, जातीय एवम् राजनीतिक पत्रकार सङ्गठनका प्रमुख एवम् प्रतिनिधिहरू, सञ्चारकर्मीहरूकाे सहभागिता रहेको थियोे ।

आदिवासी जनजाति समुदायका पत्रकार एवम् विभिन्न सञ्चारमाध्यममा सम्बद्ध सञ्चारकर्मीहरूकाे साझा सङ्गठनका रूपमा सन् १९९९ मा अनिजकाे स्थापना भएको थियोे । जुन सन् २०१३ पछि फाेनिजमा रुपान्तरण भएको थियोे । फोनिजको हालसम्म केन्द्रीय समितिसहित ४६ वटा जिल्लामा शाखा गठन भइसकेको छ । ‘फोनिज’मा तामाङ, गुरुङ, नेवार, थारु, मगर, राई, शेर्पा, लिम्बुलगायतका जातीय पत्रकार आद्ध छन् ।

Related Articles

Back to top button