समाचार

गायिका लोचन भट्टराई सम्मानित

१५ जुलाई, विराटचाेक । ‘नझरेका फूलहरू’ र भानु साझा पुस्तकालय सुन्दरहरैँचा मोरङको आयोजनामा २१२ औँ भानु जयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ । उक्त अवसरमा वरिष्ठ गायिका लोचन भट्टराईलाई सम्मान गरिएको छ।

नझरेका फूलहरूको ५० औँ शृङ्खलाका रुपमा समेत आयोजना गरिएको भानु जयन्ती विशेष समारोहमा लोचन भट्टराईले वाद्यवादकका साथमा रामायणका श्लोकसहित आफ्ना एकदर्जन लोक तथा आधुनिक गीत सुनाएर दर्शकलाई साङ्गीतिक मनोरञ्जन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा कवि मनु मञ्जिल, सिजन श्रेष्ठ, चन्द्रमणि गुरागाईँ, रुपनारायण श्रेष्ठ, टीका आत्रेय लगायतका स्रष्टाले भानुभक्त आचार्यको सन्दर्भ र फुटकर सृजना सुनाएका थिए । कार्यक्रममा दुर्गा पराजुली,सन्जिव धिमाल,यमुना पराजुली, भूमा अधिकारी, नवीन न्यौपाने, शर्मिला सिग्देल, गीता कुलुङ, रमेश निरौला, यादव भट्टराई, हिरा खड्का अधिकारी, तिला लेकाली,जेबी थुलुङ, देवान किराती, केशव सुनाम, लोक मोक्तान, विशाल गुरागाईँ लगायतका कवि कलाकारको दरिलो सहभागिता रहेको थियो ।

पुस्तकालयका साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम पुरन याक्खाको सभापतित्वमा सम्पन्न भएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले जानकारी दिए ।

Related Articles

Back to top button