समाचार

जाजरकोट भूकम्पमा उपमेयरसहित कम्तिमा ४३ मृत्यू, सयौं घाइते, करोडौंको क्षति

३ नोभेम्बर २०२३, शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प राति ११.४७ मा गएको थियो ।

जाजरकोटमात्रै अहिलेम्म कम्तिमा २१ जनाको ज्यान गएको छ । भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित २१ जनाले ज्यान गुमाएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

जाजरकोट जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी घाइते भएकाहरुको खलंगा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले उक्त अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ ।

त्यसैगरी, शुक्रबार मध्यरातीको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाले ज्यान गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button