प्रवास

देशको विकाश हामी हाम्रै पालामा गर्छौ – उपप्रम यादव

गत ३ मे २०२४ का दिन नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्री उपेन्द्र यादव ज्यूको स्वागत तथा सम्मानमा न्यूयोर्क अमेरीकामा रहेका नेपाली समुदायका विभिन्न संघ सस्थाहरू एव व्यक्तीहरूको भव्य उपस्थितिमा अन्तरक्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ ।

नेपालका नेताहरूप्रती जनताको आक्रोश, निराशा, गुनासो जताततै सुनिने गर्दछ तर जसपा अध्यक्ष उपेन्द्र यादव प्रती प्रवासमा रहेका नेपालीहरूको माया, सदभाव, आत्मीयता, आशा र भरोसा रहेको देखियो । अमेरिकामा क्रियाशील ५० भन्दा बढी नेपाली अमेरीकन समुदायका अगुवाहरूले संस्थागत रूपमा प्रत्यक्ष उपस्थीत भई नेपालको वर्तमान अवस्थाबाट मुलुकलाई सम्मृद्व बनाउने बाटोमा अगाडी बढ्न सुझाव दिए । उपेन्द्र यादव जस्तै विचारमा प्रष्ट , व्यवहारमा परिपक्क , न्याय र समानतामा आधारीत राज्यसंरचनाको विकास , संघियताको व्यवस्थित कार्यन्वयन लगायतमा अग्रणी नेताहरूले मुलुकको नेतृत्व गर्नु पर्ने आजको आवश्यकता रहेको सहभागीहरुले सुझाव दिए ।

उपेन्द्र यादव नेपालको संघियताका प्रणेता , न्याय , समानता , समावेसीकरण, समानुपातिक प्रतिनिधित्व र सबैको पहिचानको अस्तित्व हुनुपर्छ भन्ने विचारका नेता हुन । जनता समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननिय उपेन्द्र यादवले नेपालमा विगतदेखी राजनितिक अस्थिरता, विदेशी प्रभाव, राजनितीक नेतृत्वहरूमा ईमान्दारीताको संकट आदी चुनौतिहरू रहेता पनि मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी नै देशको समग्र विकासले गति लिएको बताउनुभयो । विकसित देशको तुलनामा पछी होलौ तर अब देशको विकाश हामी हाम्रै पालामा गर्छौ , त्यसको लागी देशमा शान्ती हुन आवश्यक छ , त्यसको लागी देशको सबै जातजाती , भाषा , धर्म क्षेत्र , लिंग र पहिचानको सम्मान गर्दै सबैको अस्तित्त्वलाई राज्यले स्विकार्नु जÞरूरी छ । संघिय व्यवस्था भए पनि अझै एकल जातिय , एकल पहिचान कायम गर्ने , केन्द्रीकृत मानसिकताको कारण अझै सबैले अधिकार प्राप्त नगरेको उपप्रधानमन्त्री यादवले बताए ।

नेपाली समाज अमेरिका को आयोजनामा माननिय उपप्रधानमन्त्री ज्यूको स्वागत तथा सम्मनमा राखिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, स्वयंसेवक, सहयोद्वा, सुरक्षा कर्मीहरुलाई अध्यक्ष लोक चेम्जोङले धन्यवाद ज्ञापन गरे । नेपाली समाज जसपा, नेपालको प्रवास अंग हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button