समाचार

जसपा निकट समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ । मंगलबार काठमाडौंको खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा आयोजित र्राष्ट्रिय भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो ।

भेलाले सङ्गठनको विधान पारित गरेको छ ।

आपतकालीन उद्धार, विपत व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत बज्राचार्य, रेखा यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button