स्थानीय

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालको बैठक सम्पन्न

गत १३ मे २०२४ का दिन गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति केन्द्रीय सचिवालय नेपालको बैठक ललितपुर स्थित साम्पाड० चोकको एक बैठक हलमा आयोजना गरिएको थियो ।

बैठकको सभापतित्व गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका संयोजक ले. रिटायर्ड भिम बहादुर तावा लिम्बुले गर्नु भएको थियो।बैठकमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको प्रमुख संयोजक कृष्ण बहादुर राई, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका प्रबक्ता क्या. रिटायर्ड हिमालध्वज राई, गोरखा सत्याग्रह नेपालका प्रमुख सल्लाहाकार लाल घिसिड०लगायत अन्य पदाधिकारी तथा सल्लाहाकार ज्युहरूको उपस्थिति रहेको थियो।

औपचारिक आसनग्रहण पश्चात पछिल्लो बैठकको छोटो बिबरण सहित भावी रणनीति बारे प्रमुख संयोजक बाट आफ्नो बक्तब्य राखिएको थियो।

१ मे सन २०२४ मा अल्टिमेटम दिईएको भने १ जुन सन २०२४ मा पत्रकार सम्मेलन गरिने र १ जुलाई सन २०२४ मा माश हंगर स्ट्राईक गरिने जानकारी गराऊनु भयो।

बक्तब्यको क्रममा सत्याग्रह संघर्ष समिति नेपालका प्रमुख सल्लाहाकार लाल घिसिड० ज्यूले गोरखालीको इतिहाँस र दुई देशले यतिलामो समयसम्मगर्दै/हुदै आएको बिभेदित सन्धि सम्झौताको र गोरखाली प्रति परेको अषर र उपाय बारे प्रकाश पार्दै बाँकी रणनीति कसरी प्रभावकारी ढंगले अगाडी बढ्ने बारे प्रष्टायाऊनु भयो।
यसैगरी सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका प्रबक्ता क्या. हिमाल राईको थप सुझाव बक्तब्य रहेको थियो भने क्या.रिटायर्ड जगतराम राई ज्युले पनि बिगतदेखि अहिले सम्मका हाम्रो कमिकम्जोडी सुधार गर्दै अगाडी बढ्नु जरुरी छ भन्ने सुझाव दिनुभएको थियो।

सबैको सुझाव छलफल पश्चात प्रमुख संयोजक कृष्ण बहादुर राई बाट सबै प्रश्नहरूको जवाफ दिदै आगामी मार्गदर्शन बारे प्रष्ट्याईएको थियो।

गोरखाज परिवारहरू जो बेलायतमा आवसीय अधिकार प्रप्त प्रश्चात नागरिकताको सवालमा ठुलो सम्स्या आईपरेको छ जस्को लागि संबेदनशिलता अप्नाई बंशजको नेपाली नागरिकता निरन्तरता अभियानमा सशक्त रुपमा लागीपरी आफ्नो अधिकार सुनिश्चित गर्न जरुरी छ भनि BGNCCC UK/Nepal महा सचिव होम किरात सुनुवार बाट जानकारी बक्तब्य राखिएको थियो।

कार्यक्रमको समापन बैठकको सभापतित्व गर्नु भएका गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल संयोजक भिम बहादुर लिम्बुबाट गरिएको थियो भने कार्यक्रम सन्चालन होम किरात सुनुवारले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button