युके विशेष

युकेमा सुन चोरीको घटना कसरी रोक्ने विषयक संयुक्त अन्तरक्रिया सम्पन्न

ज्ञानु फुरुम्बाे लिम्बू (चरपे),
बेलायत,
गत ५ मे २०२४ का दिन ग्लाेबल बुलियन भल्ट आस्फाेर्ड केन्ट साथै सगरमाथा गाेर्खा नेपाली कमेटी आस्फाेर्ड केन्टकाे मुख्य समिति र महिला समितिकाे संयुक्त आयाेजनमा आस्फाेर्ड केन्टमा रहेकाे ग्लाेबल बुलियन भल्टकाे सभाहलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

बिभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधि समाजिक अभियन्ता समाज सेवी तथा केन्टबासी इच्छुक शुभचिन्तक महानुभावहरुहरुकाे बाक्लाे उपस्थितीमा कार्यक्रम गरिएकाे थियाे ।

विशेष गरि याे अन्तर्कृया कार्यक्रम ग्लाेबल बुलियन भल्टसंग सम्बन्धीत रहेर अन्तर्कृय भएकाे हाे । ग्लाेबल बुलियन भल्ट भनेकाे के हाे हामीलाई कतिकाे आबश्यक छ वा छैन भने कुरा कार्यक्रमकाे मुख्य बिषयबस्तुकाे रुपमा उठान गरिएकाे थियाे । यश बिषयलाई स्पष्ट बुझाउनका लागि ग्लाेबल बुलियन भल्टका मेनेजिङ डाइरेक्टर जनक राईले दुई घण्टा सम्म भल्टका बारेमा प्रस्तुत गर्नु भएकाे थियाे ।

बिषेश गरि भल्टकाे बिषयमा केहि सिमित ब्यक्तिलाई मात्र राम्राे गरि थाहा भएकाे र अधिकांस ब्यक्तिलाई थाहा नभएकाे कारणले यस भल्टकाे बिषेताकाे बारेमा बृहत रुपमा सबैकाे उपस्थितिमा आमुने समुने बसेर अन्तर्कृय मार्फत सबैलाई जनकारी गराउन र जिज्ञासु महानुभावहरुकाे जिज्ञासा सुझाउन विशेष कार्यक्रम आयाेजना गरिएकाे जितेन्द्र चेम्जाेङले बताएका छन ।

बिगत समय देखि सम्पुर्ण आस्फाेर्ड केन्ट बासीहरु र विभिन्न क्षेत्र ठाउँमा बसाेबास गर्ने एसियन मुलका समाज साथै समुदायलाई याे सेवा दिन्दै आएकाे र याे खालकाे बिश्वासिलाे र भर पर्दाे सेवा भनेकाे आस्फाेर्ड केन्टकै पहिलाे र अहिले सम्म एक मात्र केन्टकाे ग्लाेबल बुलियन भल्ट हाे भनेर मेनेजिङ डाईरेक्टर जनक राईले बताएका थिए ।

उहाले बताए अनुसार २०१८/१९ तिरकाे समयमा आस्फाेर्ड केन्टमा अति धेरै दिनढाडै चाेरीडकैती हुने अधिकांस घरहरु टाेडफाेड भएर सुन,चाँदी लुटपाट हुने साथै अन्य महत्पुर्ण कागजातहरु हराउने यस समस्याले केन्ट बासी लगायत एसियन मुलका समुदायहरुलाई असाधै दुख दिएकाे थियाे त्रासै त्रासले जीउनु पर्ने अबस्था आईपरेकाे थियाे भने अर्का तर्फ हामी आफ्ना माैलिक सांस्कृतिक कार्यक्रमहरुमा जानू पर्दा सुन चान्दी लगाएर जानू पर्ने चलन छ । लगाएर हिडनै पर्याे ।

याे अबस्थामा आफु कति खेर चाेरकाे निशानामा परिने थाहा नहुने याे बिकराल समस्याबाट सबै हैरान भएकाे कारणले यस्ता जटिल समस्याबाट बच्न र आफ्ना अमुल्य बस्तुलाई बचाउनका लागि मज्बुत सुरक्षा हाेस साथै सबै केन्ट बासी महानु भावहरुकाे आफ्ना सम्पति अब देखि उप्रान्त कुनै किसिमबाट लुटपाट चाेरी नहाेस संरक्षण हाेस भनेर मेराे साेच बिचार र पहलमा २०२० मा आस्फाेर्ड केन्टकै पहिलाे र अहिले सम्मकै एक मात्र ग्लाेबल बुलियन भल्ट संचालनमा ल्याएका हाैं अहिले चार बर्षमा प्रबेश गर्दै छ यसमा हामी २४/२५ जना शेयर छाैं । यसमा सुन चान्दी मात्र नभएर आफुलाई चाहिने महत्पुर्ण कागजतहरु पनि सुरक्षित तवरमा राख्न लुकाउन सकिन्छ । यहाँ कुनै चाेरी हुने मास्ने लुटने,फुटने कुरै हुन्दैन । सुरक्षाकाे लागि भरपर्दाे बिश्वासिलाे रहेकाे बताउनु भयाे ।

फेरि यसैमा जाेडदै याे ग्लाेबल बुलियन भल्ट हजुरहरुकाे लागि हाे सेवा दिन तत्पर छ एक पल्ट आईदिनु हाेस । सेवा दिने माैका दिनु हाेस तपाईहरुकाे बिश्वास सन्तुष्टि नै हाम्राे धर्म हाे सेवा हाे र अबश्यकता अनुसार हामी चाैबिसै घण्टा सेवा दिन कुनै कसुर नराख्ने बताउनु भयाे ।

अन्तर्कृया कार्यक्रममा सबै उपस्थित महानु भावहरुले ग्लाेबल बुलियन भल्टका बिषयमा कुरा राख्दै बुझ्न चाहेका थिए । यसै गरि आफ्ना केही कुरा राख्ने क्रममा सगरमाथा गाेर्खा नेपाली कमिटी आस्फाेट केन्टका अध्यक्ष डम्बर सिगकले यश बिषयका लागि आफ्ना तर्फबाट सक्दाे सहयाेग साथ रहने तर यसका लागि बृहत् तरिकाले जानू पर्छ सबैलाई बुझाउनु पर्छ सिमितमा मात्र रहनु हुन के सहयाेग गर्नु पर्छ सधै तत्पर रहेकाे भनी कुरा राखेका थिए । यसै गरि किरात याक्थुङ चुम्लुङ युकेका निबर्तमान उपाध्यक्ष गणेश इजम,श्री साम्यु लगायत उपस्थित महानुभाहरुले कुरा राखेका थिए

दिउसाे २ बजे देखि सुरु भएकाे कार्यक्रम ग्लाेबल बुलियन भल्टका मेनिजिङ डाईरेक्टर जनक राईकाे प्रस्तुतसंगै साझा ५ बजे समापन भएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button